युरोकप फुटवलमा अन्तिम १६ को टुंगो लाग्यो , पोर्चुगलले स्लोभेनियासँग खेल्नु पर्ने


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

युरोकप फुटवल अन्र्तगत अन्तिम १६ मा खेल्ने टिमको टुंगो लागेको छ । बुधबार राति समूह चरणका सबै खेलहरू सकिएलगत्तै नक आउट चरणको समिकरण पुरा भएको हो ।

नेदरल्याण्ड्स, स्लोभाकिया, जर्जिया र स्लोभेनिया तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा परेर नकआउटमा प्रवेश गरेका छन् ।

६ वटा समूहको प्रत्येक समूहको शीर्ष स्थानमा रहने २ टिम र तेस्रो स्थानमा रहनेमध्येका उत्कृष्ट चार टिम अन्तिम १६ मा पुग्ने व्यबस्था रहेको छ ।

समूह ‘ए’ बाट जर्मनी र स्वीट्जरल्याण्ड, समूह ‘बी’ बाट स्पेन र इटाली, समूह ‘सी’ बाट इंग्ल्याण्ड र डेनमार्क, समूह ‘डी’ बाट अष्ट्रिया र फ्रान्स, समूह ‘ई’ बाट रोमानिया र बेल्जियम र समूह ‘एफ’ बाट पोर्चुगल र टर्कि समूह विजेता र उपविजेता बन्दै नक आउटमा प्रवेश गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नक आउटमा स्वीट्जरल्याण्डले इटालीसँग, जर्मनीले डेनमार्कसँग, इंग्ल्याण्डले स्लोभाकियासँग, स्पेनले जर्जियासँग, फ्रान्सले बेल्जियमसँग, पोर्चुगलले स्लोभेनियासँग, रोमानियाले नेदरल्याण्ड्ससँग र अष्ट्रियाले टर्कि सँग खेल्नेछ ।

अन्तिम १६ का खेलपछि जुलाई ५ देखि क्वाटरफाइलनका खेलहरू सुरू हुनेछ । जुलाई १० र ११ मा सेमिफाइनल हुनेछ । जुलाई १५ मा फाइनल उपाधि भिडन्त हुनेछ । पोर्चुगल डिफेण्डिङ्ग च्याम्पियन हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com