इटालीको टापुमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक
प्रकाशित मिति : असार ८, २०८१ शनिबार
मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा शनिबार रोक लगाएको छ ।
क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको छ ।
टापुमा पानी आपूर्तिको अभाव हुनुमा आपूर्ति कम्पनीले बिहीबार मुख्य भूमिमा प्राविधिक समस्या आएको र त्यसपछि क्याप्रीमा आपूर्तिमा समस्या रहेको बताउनुभएको छ ।
क्याप्रीमा दैनिक आउने हजारौं पर्यटकको आगमनले आपतकालिन अवस्था बिग्रने र स्थानीयको लागि खानेपानी ट्याङ्करबाट प्रति घर २५ लिटरसम्म गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । यहाँ लगभग १३ हजार स्थायी बासिन्दा छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






