ब्युटीपार्लर र मसाज सेन्टरमा यौन धन्दा गराउने पक्राउ , नावालिकालाई समेत प्रयोग गरेको भेटियो


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो ।

अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालकहरु गोरखा सिरानचोक घर भई हाल काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटा ३३ वर्षकी मखमली माया स्याङ्तान उक्त कार्यमा संलग्न रहेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

डरत्रास र प्रलोभनमा पारी नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धार गरिएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

पीडितको जाहेरीका आधारमा उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिवादी रेशम गुरुङले आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिका तथा किशोरीलाई सामाजिक सञ्जालबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने भनी प्रलोभनमा पारेर काठमाडौँमा आउने भाडा पठाएर झिकाउने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

काठमाडौँ आएपछि टोखामा रहेको आफ्नै स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भनी काममा लगाई आफैँले पटकपटक करणी गरी र जबरजस्ती यौनधन्दामा लगाइएको खुल्न आएको मिश्रले बताउनुभयो ।

यसैगरी तिनै नाबालिकालाई प्रतिवादी मखमली माया स्याङ्तानको ठमेलस्थित ए वान स्पा सेन्टरमा ल्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको प्रहरीले जनाइएको छ ।

उनीहरुले सुरुमा बालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिई मसाजको काममा लगाउने र बिस्तारै मसाज सेन्टरमा आएका व्यक्तिको इच्छाअनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।

त्यसपछि ती बालिकालाई विभिन्न होटल तथा गेष्टहाउसमा वेश्यावृत्तिका लागि पठाउने गरेको खुल्न आएको छ । नाबालिकाहरुलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरु आफन्तहरुलाई पठाई दिने भनी डरत्रासमा पारी यौनधन्दामा लगाउने गरेका पनि ब्यूरोले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com