उद्योगमार्फत उद्यमी बन्दै महिला , पात टिप्ने र दुनाटपरी बनाउने दुबैलाई रोजगारी


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न हुनुहुन्छ । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आउनुभएको हो ।

पाँच प्रकारका दुनाटपरी उहाँले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आउनुभएको छ । उहाँले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन् ।

गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उहाँलाई नै दिइने गरिन्छ । उहाँले यसैमार्फत मासिक रु पाँच हजारदेखि रु १० हजारसम्म उहाँले कमाई गर्दै आउनुभएको छ ।

विवाहलगायतको याममा एकै महिनामा २५ हजारदेखि ३० हजारसम्म कमाई हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,पहिला श्रीमान्बाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ , परनिर्भर भएर बस्नुपरेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उहाँ सुनाउनुहुन्छ । रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उहाँले अरुले टिपेका पात किनेर दुनाटपरी बनाउनुहुन्छ ।

देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा दुई सयदेखि तीन सयमा खरिद गर्नुहुन्छ । पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुनाटपरी बनाएर उद्यम चलाउन थालेको छु उहाँले भन्नुभयो ।

उहाँले सानो दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि दुई र ठूलो पाँच प्रतिगोटाका हिसाबले बेच्नुहुन्छ । एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उहाँ बताउनुहुन्छ ।

कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हिरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आउनुभएको छ । उद्योगमा उहाँले चार जनालाई रोजगारी पनि दिनुभएको छ ।

उहाँको दुनाटपरी उद्योगको वार्षिक आम्दानी तीन लाख ५० हजारदेखि पाँच लाखसम्म हुने गरेको छ । पाँच वर्षअघि घर्तीले रु ५० हजार लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरीको आवश्यकता पर्ने उहाँ बताउनुहुन्छ । दुनाटपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेल्धुरा, डोटीको दीपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का अध्यक्ष चक्रबहादुर खड्का दुनाटपरी बनाउने तालिम सञ्चालन गरी आर्थिकरुपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउनका लागि काम अगाडि बढाएको बताउनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com