वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी , तीन जना पक्राउ


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुले तीन चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाखदेखि १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको हो ।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com