अनुगमनपछि मात्रै शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने शिक्षा मन्त्रालयको तयारी


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थालगत अनुगमनपछि मात्र शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ ।
लामो समयसम्म नवीकरण नभएका संस्थाको नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार एक हजार चार सय ७३ वटा संस्था शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् ।

विसं २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा नवीकरणलगायतका कार्य रोकिएका थिए भने शैक्षिक मेला सञ्चालन अनुमतिसमेत दिइएको थिएन ।

अब नवीकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिइने छ । विनाअनुमति आफूखुशी सञ्चालन भएका शैक्षिक मेलालाई कारवाही गर्ने मन्त्रालयको तयारी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयमा सूचीकृत भइसकेका संस्थाको विवरण, नामसारी तथा ठाउँसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण प्राप्त नहुनुका साथै सञ्चालन मै रहेका यी सेवाबाट प्राप्त हुने राजस्वसमेत अद्यावधिक हुनसकेको थिएन । त्यसयता अनुगमन तथा नियमनसमेत हुनसकेको छैन ।

सेवाग्राही मर्कामा परेका र कारबाहीका लागि उजुरी गर्दासमेत सुनुवाइ नभएको गुनासा आउन थालेपछि मन्त्रालयले सूचीकृत भएका संस्थाको नवीकरणका लागि आवेदन लिने निर्णय गरेको हो । अनुगमनको मासिक प्रतिवेदन शिक्षा मन्त्रीसमक्ष पेश गर्नुपर्ने निर्णय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com