छरिएर रहेका कानुनहरु एकत्रित , गृह मन्त्रालयले तयार गरेको दिग्दर्शन कतिको उपयोगी होला ?


प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरु अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायत सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो ।

गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरुको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरु उपलब्ध हुने भएका हुन् । दिग्दर्शनमा आर्थिक वर्ष २०८०/८१ सम्मका दस्तावेज समावेश गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ ।

मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानुन तथा नीति, नियमहरु एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातहरुको दस्तावेजीकरण पनि भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा रहेको कानुन निर्देशिका दिग्दर्शन सङ्कलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन गृहसचिव एकनारायण अर्याललाई बुझाएको छ ।

नीति तथा कार्यक्रममा ‘माइल स्टोन’का रुपमा समावेश भएको कार्यक्रमअनुसार मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानुन तथा कागजातहरुको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायत दस्तावेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिनुभयो ।

मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा ऐनहरु समावेश गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार यसैगरी दोस्रो भागमा नियमहरु, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरु र चौथो भागमा नीतिहरु, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्तावेज समावेश गरिएको छ ।

जसले छरिएर रहेका कानुनहरु एकत्रित मात्रै भएनन्, सङ्ग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com