इजरायल–लेबनान सीमामा उच्च जोखिम रहेको राष्ट्रसङ्घ महासचिबको भनाइ


प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताउनुभएको छ ।

गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार इजरायली सीमामा ‘धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बताउनुभएपछि राष्ट्रसङ्घका प्रमुखको यो धारणा आएको हो ।

इजरायलले गाजा पट्टीमा हमासविरुद्ध युद्ध गरिरहेको बेला हालैका दिनहरूमा हेजबुल्लाह र इजरायलबीच दिनहँ जसो आक्रमण बढेको छ । दुवै समूहलाई इरानलगायत अन्य सहयोगीहरूले समर्थन गरेका छन् ।

“‘ब्लू लाइन’ पार गरेर गोलीबारी जारी राखेकाहरूलाई महासचिवले तत्काल गोलीबारी बन्द गर्न आह्वान गर्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले इजरायल र लेबनानबीचको सीमा रेखालाई उल्लेख गर्दै एक विज्ञप्तिमा यस्तो बताउनु भएको छ ।

निरन्तरको गोलीबारीले यस क्षेत्रका लागि विनाशकारी परिणामसहित व्यापक द्वन्द्व निम्त्याउन सक्ने उहाँले बताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com