ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर भएपछि अब के हुन्छ ?


प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार

Former US President and Republican presidential candidate Donald Trump speaks to the media at the end of the day’s proceedings during his criminal trial at Manhattan Criminal Court in New York City, on May 29, 2024. Jurors completed opening deliberations on May 29 on whether to convict Donald Trump in the first criminal trial of a former US president — a decision that could upend the November’s election, in which the Republican seeks to return to power. (Photo by Jabin Botsford / POOL / AFP)

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिहीबार न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरिसकेकाले अबको चरण उनीविरुद्धको सजाय सुनाउनु हो । सजायका लागि आगामी जुलाई ११ का लागि सुनुवाई तोकिएको छ । उनलाई चार वर्षसम्म जेल वा प्रोबेशनको सजाय हुन सक्ने जनाइएको छ ।

यद्यपी ट्रम्पले आफूविरुद्धको फैसलाको पुनरावेदन गर्ने योजना बनाइसकेका छन् । तर त्यो अपील सुनुवाइ हुनुभन्दा धेरै अगाडि ट्रम्प फौजदारी न्याय प्रणालीको चक्कामा परिसकेका हुनेछन्। तर रोचक के छ भने ट्रम्पको सजायले उनलाई जेलमा पठाएमा उनीसँगै सेक्रेट सर्भिसका एजेन्टहरुपनि जानुपर्नेछ ।

ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय हो । तर ट्रम्प सामान्य प्रतिवादी होइनन्। र धेरैजसो विज्ञहरूले जेल सजायको सम्भावना कम भएको बताउँछन् । तर मुद्दाका न्यायाधीश जुआन एम मर्चनले ह्वाइट कलर अपराधलाई गम्भीरताका साथ लिने बताएका छन् ।

ट्रम्प न्यूयोर्क सिटीको म्यानहटन अदालतमा आफ्नो फौजदारी मुद्दाको लागि आइपुग्दा मिडियासँग कुरा गर्दै। (सेथ वेनिग /एएफपी /पुल)

यदि पूर्व राष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी हुनेछैनन्। किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्व राष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु आवश्यक हुन्छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै सुरक्षा प्रदान गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दाको सुरुवाती बयान अघि नै सेक्रेट सर्भिसले पूर्व राष्ट्रपतिको कारावासको असाधारण सम्भावनाको लागि केही योजना बनाएको थियो। संघीय, राज्य र सिटी एजेन्सीका अधिकारीहरूले स्थितिलाई कसरी सम्हाल्ने भन्ने बारे अचानक बैठक गरेका थिए । उक्त बैठक केवल ट्रम्पलाई कसरी जेलमा सुरक्षा दिने भन्ने कुरामा केन्द्रित थियो ।

सामान्य परिस्थितिमा एक वर्ष वा कमको कुनै पनि सजाय सामान्यतया न्यूयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्डमा दिइनेछ। त्यही ठाउँमा ट्रम्पका पूर्व मुख्य वित्तीय अधिकारी एलेन एच वेसेलबर्गले दोस्रो पाँच महिनाको सजाय काटिरहेका छन्।

एक वर्ष भन्दा बढीको कुनै पनि सजाय सामान्यतया न्यूयोर्क राज्यको ४४ जेलहरू मध्ये कुनै एकमा दिइनेछ। यदि ट्रम्प नोभेम्बरमा राष्ट्रपति निर्वाचित भए भने र जनवरीमा पदभार ग्रहण गर्दा पनि प्रोबेशन वा जेलको सजाय भोगिरहेमा उनले उनले आफैलाई माफी दिन पाउनेछैनन् । किनभने अभियोग न्युयोर्क राज्यले लगाएको हो, संघीय सरकारले होइन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com