के नेपाल डिभीका लागि अयोग्य हुने बाटोमा छ?


प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार

नेपाली पासपोर्ट

नेपालीहरुले परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड पाउने संख्या अहिलेकै दरमा बृद्धि भएमा आगामी केहीबर्षमा नेपाल डिभी लोटरीका लागि अयोग्य हुने संकेत देखिएको छ । पछिल्ला केहीबर्षमा नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउदे दरमा उल्लेख्य बृद्धि भएको हो ।

अमेरिकी कानुन अनुशार परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउने दर उच्च भएका देशहरु डिभीका लागि अयोग्य हुने प्रावधान रहेको छ । जस अनुशार पछिल्ला ५ बर्षमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरुको संख्या ५० हजार पुगेमा त्यो देश डिभी लोटरीका लागि स्वत अयोग्य हुन्छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बार्षिक रुपमा यो गणना गर्नेगर्छ । यो संख्यामा विगतमा डिभी लोटरीमार्फत आएका वा एसाइलम गरेकाहरुको भने गणना गरिदैन । हाल डिभी लोटरीमार्फत अमेरिका आएका र एसाइलम गरेकाहरुबाहेक पनि रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या बार्षिक १० हजारको निकट पुग्न लागेको छ । कुनै पनि ५ बर्षको गणना गर्दा यो संख्या ५० हजार नाघेको खण्डमा त्यसपछिको बर्षका लागि नेपाल डिभी लोटरीका लागि अयोग्य हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत आर्थिक बर्ष २०२३ मा कुल ११६४० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरु ४ हजार ८० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरु ७ हजार ५ सय ६० रहेका छन् । यो संख्यामा ३३७५ डिभी लोटरी विजेताहरु र १ हजारको हाराहारीमा एसाइलमबाट ग्रिनकार्ड पाउनेहरु छन् । अर्थात् रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरु ८ हजारको हाराहारीमा छन् ।

अघिल्लो आर्थिक बर्ष २०२२ को तथ्यांक हेर्दा १२ हजार १० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । तीमध्ये २८९४ जना डिभी लोटरीमार्फत र १२६२ जनाले एसाइलममार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए । झण्डै ८ हजार नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउन सफल भएका थिए । परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउनेहरु बार्षिक २ हजारको दरले थपिएको खण्डमा केही बर्षमा नै नेपालीहरु डिभी लोटरीका लागि अयोग्य हुनेछन् ।

सन् २०१३ यताको तथ्यांक हेर्दा कुनै पनि ५ बर्षको अवधिमा ५० हजारको हाराहारी वा सोभन्दा बढी नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । तर यो संख्यामा डिभी लोटरी र एसाइलमबाट ग्रिनकार्ड पाउनेहरुको संख्या पनि समावेश भएकाले नेपाली डिभी कार्यक्रमका लागि योग्य भइरहेको हो ।

तथ्यांक हेर्दा सन् २०१३ मा १३ हजार ४६, सन् २०१४ मा १२ हजार ३ सय ५७, सन् २०१५ मा १२ हजार ९ सय २६, सन् २०१६ मा १२ हजार ८५१, सन् २०१७ मा ११ हजार ६ सय १०, सन् २०१८ मा ११ हजार ९ सय ५३, सन् २०१९ मा १० हजार २ सय १ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । कोरोना महामारीका बाबजुत २०२० मा ७ हजार ८ सय ४७ र २०२१ मा ७ हजार ३ सय ९ नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

यसर्थ अमेरिकी दूतावासले आप्रवासी भिसा अन्तरवार्ताको दर बृद्धि गदै भिसा जारी गर्ने संख्या बढाएमा वा युएससीआईएसले रोजगार र परिवारमा आधारित नेपालीहरुको ग्रिनकार्ड स्वीकृत गर्ने दर अलिकतिमात्र बढाएको खण्डमा पनि नेपालीहरु आगामी केही बर्षमा डिभीका लागि अयोग्य हुनेछन् । आई १३० वा आई १४० आवेदन स्वीकृत भएर परिवार र रोजगारमा आधारित ग्रिनकार्डका लागि पर्खिरहेका नेपालीहरुको संख्या पनि निकै ठूलो भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com