नयाँ शक्तिको बालुवाटारमा धर्ना, प्रचण्डलाई ज्ञापनपत्र


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्तिले विहीबार बिहान बालुवाटारमा धर्ना दिएको छ ।

‘बाढीपीडितलाई तत्काल राहत दे,’ ‘भूकम्पपीडितलाई पुनर्स्थापना गर,’ ‘बढ्दो महंगी नियन्त्रण गर,’ ‘सुकुम्बासी समस्या समाधान गर,’ ‘महिलामाथिको हिंसा बन्द गर,’ ‘बेरोजगार युवाहरुलाई रोजागारीको व्यवस्था गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित बालुवाटार पुगेका नयाँ शक्तिका नेता कार्यकर्ताले एक घन्टा धर्ना दिएका हुन् ।

बिहान ७ बजेबाट सुरु भएको धर्ना साढे आठ बजेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रदेव खनाललाई ज्ञापनपत्र बुझाएपछि सम्पन्न भएको नयाँ शक्तिकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले जानकारी दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेतृ धमलाले जनताका समस्याहरु लगायत समसामयिक विषयहरुमा ज्ञापनपत्र बुझाउने समय माग्दा पनि प्रधानमन्त्रीको सचिवालयले समय उपलब्ध नगराएको गुनासो गरिन् । ‘अन्य पार्टीहरु, सामान्य संघसंस्था र व्यक्तिगत ज्ञापनपत्रसम्म बुझिरहेका प्रचण्डले हामीलाई समय दिएनन्,’ उनले भनिन्, ‘सात दिनअघिदेखि समय माग्दा पनि समय नदिएपछि हामीले प्रधानमन्त्रीका प्रतिनिधिलाई ज्ञापनपत्र बुझायौं ।’

 

यस्तो छ नयाँ शक्तिको ज्ञापनपत्र
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सम्माननीय प्रधानमन्त्री
नेपाल सरकार, सिंहदरबार ।

विषय : ज्ञापनपत्र

विगत ३०–३५ वर्षहरुको तथ्यांकको विश्लेषण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपहरुबाट बर्सेनि ५०० जना मानिसहरुले ज्यान गुमाइरहेका र त्यत्तिकै संख्यामा बेपत्ता भइरहेको देखिन्छ । साथै यस्ता प्रकोपहरुबाट सालैपिच्छै अर्बौं रुपैयाँको बालीनाली नष्ट हुनुका साथै भौतिक पूर्वाधारहरुको क्षति भइरहेको छ । यसबाट मुलुकको जनसंख्याको ठूलो हिस्सा कष्टकर जीवनयापन गर्न बाध्य मात्र नभएर कतिपयको जिविकोपार्जन नै धरापमा परेको छ । गत वर्ष वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनहरुबाट करीब ९ हजार जनाको मृत्यू र २२ हजारभन्दा बढी घाइते भएका, ६ लाखको हाराहारीमा पूर्णरुपले र ३ लाख जति आंशिकरुपले घरहरु क्षतिग्रस्त हुन पुगेको कुरा हामी सबैमा विदितै छ । यस वर्ष पनि प्राकृतिक प्रकोपहरुबाट अकालमै सयौं जनाको ज्यान गुमेको छ । हजारौं परिवार घरबारविहिन बनेका छन् । यसरी प्राकृतिक प्रकोपहरुबाट ज्यान गुमाउनेहरुप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते हुनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

यसैगरी बढ्दो महंगीले जनताको ढाड सेकिरहेको छ । भ्रष्टाचारले चरम सीमा नाघिरहेको छ । बरोजगारी समस्याले ६० लाखभन्दा बढी युवा जनसंख्या विदेशिन बाध्य छन् । युवाले पढाएको रेमिट्यान्सको सही सदुपयोग गर्न सरकारले कति पनि ध्यान दिएको पाइँदैन । दिन दुईगुणा रात चौगुना महिलामाथिका हिंसाका घटनाहरु बढिरहेका छन् । भूमिमाथिको द्वैध स्वामित्वको समस्या समाधानमा सरकारको कुनै ध्यान पुगेको छैन । सुकुम्बासी समस्या समाधान नहुँदा लाखौंको संख्यामा सुकुम्बासीहरुले कष्टकर जीवन व्यतित गरिहेका छन् ।

कुनै पनि लोकतान्त्रिक मुलुकमा सरकारले मुलुकको समृद्धि र आमजनताको जीवनस्तरलाई माथि लैजान भौतिक तथा सामाजिक पूर्वाधारहरुको विकास गर्नुपर्दछ । साथै प्राकृतिक प्रकोपहरुबाट हुने क्षति कम गर्न पूर्वतयारी, प्रकोपमा परेका जनताको जिउधनको सुरक्षा र पुनस्र्थापनामा पनि सरकारको त्यतिकै दायित्व रहेको हुन्छ । नयाँ संविधानले प्रदत गरेको मौलिक हकहरु शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका मानव जीवनका दैनिक सरोकार र सुरक्षाका विषयहरुमा सरकारको गम्भीर ध्यान दिन आवश्यक छ ।

किन्तु संसदमा रहेका वर्तमान दलहरु सत्ता परिवर्तनको खेलहरुमा मात्र लिप्त हुने, विकास निर्माणका कामहरुलाई अगाडि बढाउनु त परै जाओस्, प्राकृतिक प्रकोपहरुबाट प्रताडित जनताको जिउधनको सुरक्षामा किञ्चित ध्यान नदिएको प्रति नयाँ शक्ति नेपालका तपसीलका पेशागत तथा आंगिक संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । यस घडीमा जनताको स्वास्थ्य एवम् जनजीविकाका जस्ता संवदेशनशील विषयहरुमा सरकारको ध्यान नगएको प्रति दुःख व्यक्त गर्दछौं । साथै, घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुको उपचार गर्न र गतवर्षको भूकम्प तथा यसवर्षको बाढीपहिरोबाट घरबारविहिन हुन पुग्नुभएका सबै नेपाली जनताको पुनस्र्थापनामा सरकारले यथोचित ध्यान देओस् भन्ने हाम्रो जोडदार माग रहेको छ । साथै यस्ता प्रकोपहरुबाट हुने धनजनको क्षति आगामी वर्षहरुमा न्यूनीकरण गर्न आजदेखि नै सरकार तयारीमा जुटोस् भन्ने पनि हाम्रो जोडदार माग रहेको छ ।
धन्यवाद !

तपसील
१. समृद्ध महिला संगठन, नेपाल संयोजक, कल्पना धमला
२. दलित शक्ति नेपाल संयोजक, सुशीला श्रीपाइली
३. समाजवादी ट्रेड युनियन महासंघ संयोजक, लालध्व नेम्वाङ
४. राष्ट्रिय युवा अभियान, नेपाल –संयोजक, कमल शाही
५. नयाँ शक्ति विद्यार्थी युनियन संयोजक, रमेश महतो
६. प्रेस सोसाइटी नेपाल संयोजक, रुद्र भट्ट
७. समृद्धि सांस्कृतिक संघ नेपाल संयोजक, प्रदीप देवान
८. राष्ट्रिय पूर्वसुरक्षाकर्मी संघ, नेपाल संयोजक, नारायणराज पाण्डे
९. सहिद, बेपत्ता, घाइते, अपांग संरक्षण मञ्च, नेपाल संयोजक, शीला यादव
१०. अपांगता सरोकार समाज नेपाल संयोजक, जी.बी. चिन्तन
११. नेपाल सुकुम्बासी व्यवस्था संघ सचिव, गणेश रावत
१२. नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसिएसन –संयोजक, विश्वकिरण भण्डारी
१३. राष्ट्रिय निर्माण व्यावसायी मञ्च, नेपाल संयोजक, सूर्य तिम्सिना
१४. समाजवादी किसान महासंघ, नेपाल –सचिव, श्रीराम खाइजु
१५. लेखा व्यावसायी मञ्च, नेपाल –सचिव, जीवराज कँडेल
१६. राष्ट्रिय उद्योग वाणिज्य महासंघ संयोजक, सीता श्रेष्ठ

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com