अप्रिल ८ को सूर्य ग्रहण हेर्न न्युयोर्कबासीहरु उत्साहित, विशेष चश्मा नलागाए तत्काल आँखा क्षति


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

woman in black T-shirt standing beside woman in gray top

अप्रिल ८ को सूर्य ग्रहण हेर्न न्युयोर्कबासीहरु उत्साहित रहेका छन् । उक्त दिन न्युयोर्कका कतिपय स्थानमा साढे ३ मिनेटसम्म पूर्णरुपमा अन्धकार हुनेछ । यद्यपी न्युयोर्क सिटीमा भने पूर्णरुपमा अन्धकार हुनेछैन । न्युयोर्क सिटीमा दिउसो ३ बजेर २५ मिनेटमा ९१ प्रतिशत सूर्य छेकिनेछ । तर यो दृश्य हेर्नका लागि ग्रहण हेर्न लगाइने विशेष प्रकारको चश्मा लगाउनुपर्छ । नत्र आँखामा तत्काल क्षति हुनसक्छ ।

खगोलविद् र अन्य विशेषज्ञहरूका अनुशार ग्रहण हेर्नेहरुले आफ्नो संवेदनशील रेटिनालाई स्थायी क्षतिबाट जोगाउन विशेष चश्मा लगाउनु पर्छ। सौर्य ग्रहण चश्मा इन्टरनेटमा धेरै विक्रेताहरूबाट सजिलैसँग उपलब्ध हुने भएपनि नक्कली चश्माको डर समेत हुनेगर्छ । त्यसैले आफ्नो चश्मा सुरक्षित भए नभएको परीक्षण गर्नुपर्छ ।

ग्रहणको नजिकिँदै गर्दा स्थानीय पुस्तकालयहरू, विद्यालयहरू र अन्य सार्वजनिक एजेन्सीहरूले निःशुल्क उचित चश्मा उपलब्ध गराइरहेका छन् । अमेजन जस्ता अनलाइन प्लेटफर्महरूमा नक्कली चश्माको डर पनि बढेको छ। चीनबाट आएका तर अमेरिकामा बनेको उल्लेख गरिएका त्यस्ता चश्माहरुबाट सावधान हुनुपर्छ ।

solar eclipse 3D wallpaper
Photo by Bryan Goff

ग्रहण चश्मा बिना वा नाङ्गो आँखाले ग्रहण हेर्दा आँखामा क्षति पुग्ने दुर्लभ घटनाहरू हुने डाक्टरहरू बताउँछन् । आंशिक ग्रहण हुँदा प्रत्यक्ष सूर्यको किरणलाई हेर्दाजस्तो मानिसहरूको आँखाले प्राकृतिक प्रतिक्रिया नजनाउने भएकाले आँखामा क्षति हुनेगर्छ ।

न्युयोर्कको स्टेटन आइल्याण्डकी एउटी महिलाले २०१७ को ग्रहणलाई खराब चश्मा प्रयोग गरेर हेर्दा रेटिनामा गम्भीर क्षति पुगेको थियो । माउन्ट साइनाईका डाक्टरहरूले यो दुर्लभ केस मेडिकल जर्नलमा उल्लेख गरेका थिए । ती महिलाले नक्कली चश्माले ग्रहण गर्दा बायाँ रेटिनामा भएको क्षति भएको छ । मस्तिष्कले छविहरू प्राप्त गर्ने आँखाको पछाडिको भागमा क्षति हुनुका साथै त्यहाँ आंशिक ग्रहणको आकार जस्तो देखिएको थियो ।

यो सूर्यबाटै आउने उच्च ऊर्जा प्रकाशको धेरै केन्द्रित बीम रहेको र यसले रेटिनाका भागहरू नष्ट गर्न सक्ने तथा ग्रहणको आकारमा नष्ट गर्न सक्ने डाक्टरहरुको भनाई छ । त्यसैले चश्मा सक्कली भए नभएको परीक्षण गर्दा चश्मा लगाएर टर्चलाइट जस्तै उज्यालो प्रकाशमा हेर्नुपर्छ। यदि प्रकाश अत्यन्तै मधुरो वा पटक्कै देखिदैन भने चश्मा सुरक्षित छ । चश्मा लगाउनेले लाइटबल्बको फिलामेन्ट हेर्न सक्षम हुनुपर्छ, बल्ब वरपरको चमक होइन।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com