राज्यहरूले ट्रम्पलाई राष्ट्रपति चुनावको मतपत्रबाट हटाउन नपाउने सर्वोच्चको आदेश


प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार

Former President Donald Trump raises his fist as he leaves his apartment building, Thursday, Jan 25, 2024, in New York. (AP Photo/Yuki Iwamura)

सर्वोच्च अदालतले सोमबार कोलोराडो अदालतको निर्णयलाई सर्वसम्मतिले उल्टाएको छ जसले अमेरिकी संविधानमा विद्रोहमा संलग्न व्यक्तिहरूसँग सम्बन्धित प्रावधानमा आधारित रहेर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावका लागि राज्यको रिपब्लिकन प्राइमरीमा मतपत्रबाट हटाउने फैसला गरेको थियो । सर्वोच्च अदालतको निर्णयको अर्थ कुनै पनि अन्य राज्यले अबदेखि संविधानको १४ औं संशोधनमा रहेको विद्रोह खण्डमा आधारित रहेर ट्रम्प वा कुनै अन्य उम्मेद्वारलाई राष्ट्रपति वा सांसदका लागि मतपत्रबाट हटाउन सक्नेछैनन् ।

राज्यहरूले राज्यको पद धारण गर्ने वा प्रयास गर्ने व्यक्तिहरूलाई अयोग्य ठहराउन सक्ने भएतापनि संघीय कार्यालयहरू, विशेष गरी राष्ट्रपतिको सन्दर्भमा धारा ३ लागू गर्ने राज्यहरूसँग कुनै अधिकार नभएको आदेशमा उल्लेख गरिएको छ । संघीय पदाधिकारी र उम्मेदवारहरूविरुद्ध धारा ३ लागू गर्ने जिम्मेवारी राज्यहरूको नभई संसदको भएको अदालतको निर्णयमा उल्लेख छ । त्यसैले कोलोराडोको अदालतको फैसला लागु हुन नसक्ने निर्णय गरिएको छ ।

कोलोराडो राज्यको सर्वोच्च अदालतले संविधानको १४ औं संसोधनमा गरिएको प्रावधान उल्लेख गर्दै जनवरी ६ मा क्यापिटल दंगामा ट्रम्पको भूमिकाको कारण कोलोराडोको मतपत्रबाट हटाउने फैसला गरेपछि कोलोराडो मतपत्रमा ट्रम्पलाई पुनर्स्थापित गर्ने कि नगर्ने भन्नेबारेको मुद्दा सर्वोच्चमा पुगेको थियो । कोलोराडो केन्द्रबिन्दुमा रहेपनि सर्वोच्चको निर्णयले ट्रम्पलाई मतपत्रबाट हटाउन चाहने अन्य राज्यहरूलाई पनि जवाफ दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेकाले ट्रम्पलाई मतपत्रबाट हटाउन चाहने अन्य राज्यहरु पछि हट्नुपर्नेछ । गृहयुद्ध पछि अनुमोदित सैंविधानको १४ औं संशोधनले विद्रोहमा संलग्न अमेरिकी अधिकारीहरूले भविष्यमा सरकारी पद धारण गर्न नसक्ने उल्लेख गरेको छ । तर यो प्रावधान अस्पष्ट छ । यस्तो प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे थप प्रष्ट छैन । ट्रम्पका विपक्षीहरुले जनवरी ६, २०२१ मा अमेरिकाको क्यापिटल हिलमा भएको दंगामा ट्रम्पको भूमिकाका कारण उनी बिद्रोहको प्रतिबन्ध अन्तर्गत चुनाव उठ्न अयोग्य हुने तर्क गरेका थिए ।

अमेरिकाको इतिहासमा  सन् २००० मा जर्ज डब्लु बुश र एल गोरको मुद्दापछि यो मुद्दा सबैभन्दा महत्त्वपूर्ण चुनावी विवाद हो। सर्वोच्चले सामान्यतया जुनमा आफ्नो कार्यकालको अन्त्यमा सबैभन्दा ठूला मुद्दाहरूमा निर्णय दिनेभएतापनि यो मुद्दामा चुनावलाई मध्यनजर गरेर अदालतले छिटो निर्णय दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com