न्युयोर्क सिटीमा एसाइलम खोज्नेहरु बस्ने आश्रयस्थलहरूमा सोमबारदेखि कर्फ्यू


प्रकाशित मिति : माघ २८, २०८० आईतबार

NYPD white and blue NYPD SUV

न्युयोर्क सिटीमा एसाइलम खोज्ने आप्रवासीहरु बस्ने आश्रयस्थलहरूमा सोमबारदेखि कर्फ्यूको अधीनमा हुने भएका छन् । नयाँ नियमहरू अन्तर्गत २० थप आश्रयहरूमा लगभग ३६ सय आप्रवासीहरू अब राती ११ बजेदेखि विहान ६ बजेको बीचमा आश्रयहरू छोड्न वा प्रवेश गर्न पाउनेछैनन् ।

कर्फ्यू नीति केही ठूला आप्रवासी आश्रयहरूमा पहिले नै प्रभावकारी छ । धेरै घरबारविहीन आश्रयहरूमा यो सामान्य हो । न्यूयोर्क सिटी हलको एक वक्तव्यमा सिटीले आश्रयहरुमा कर्फ्यूहरू लागू गरिरहेको जनाइएको छ । सिटीको हेरचाहमा आप्रवासीहरूको लागि थप कुशल क्षमता व्यवस्थापनको लागि अनुमति दिन कर्फ्यूहरू लागू गरिएको जनाइएको छ ।

मेयर एरिक आडम्सले टाइम्स स्क्वायर गोलीकाण्डपछि आप्रवासी आश्रयहरूमा कर्फ्यू लगाएका छन् ।

यद्यपि बेलुका ११ बजे अघि नै भएका घटनाहरूमा विगत केही हप्ताहरूमा भेनेजुएलाका कागजपत्रविहिन आप्रवासीहरूको गिरफ्तारीलाई लिएर न्युयोर्क सिटीमा आप्रवासीहरूको चिन्ता कायमै छ। आप्रवासीहरुले काम गर्नेहरु राती ११ बजेपछि पनि आउन सक्ने प्रावधानका कारण नयाँ नियममा कुनै आपत्ति नभएको बताएका छन् ।

धेरै आप्रवासीहरूले तिनीहरूका साना बच्चाहरू रहेको काम नगर्नेहरु ११ बजेसम्म सुत्ने बताएका छन् । त्यसैले तिनीहरूले नयाँ नीतिबाट प्रभावित महसुस नगर्ने बताएका छन् । न्युयोर्क सिटीमा २ सय भन्दा बढी आपतकालीन आश्रयहरूमा आप्रवासीहरू रहेका छन् । तर २० वटालाईमात्र कर्फ्यूको लागि किन चयन गरियो भन्ने स्पष्ट छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com