अपहरणमा परेका न्युयोर्कका व्यक्ति मेक्सिकोको जङ्गलमा आँखा बाँधेको अवस्थामा जिउँदै फेला


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

अपहरणमा परेका न्युयोर्कका व्यक्ति मेक्सिकोको जङ्गलमा आँखा बाँधेको अवस्थामा जिउँदै फेला परेका छन् । मेक्सिकोको एउटा घरमा अपहरण गरिएका न्युयोर्कका ती व्यक्तिलाई मेक्सिकोको दुर्गम जङ्गलमा आँखा बन्द गरी खुट्टा र नाडीमा बाँधिएको अवस्थामा फेला पारेको अधिकारीहरूले बताएका छन्।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार ३५ वर्षीय जोसेफ कन्स्टान्टिन बुओनिन्कोन्ट्री लाई जंगलभित्र परालको झुपडीमा फेला पारिएको हो । उनलाई तीन दिनअघि क्यानकुनबाट करिब २०० माईल दक्षिणपश्चिममा रहेको दुर्गम सहर लिमोन्समा रहेको उनको घरबाट अपहरण गरिएको थियो।

उनलाई किन अपहरण गरियो भन्ने केही खुलेको छैन । अधिकारीहरुले उनी अज्ञात व्यक्तिहरूको अपहरणमा परेको बताएका छन् । राजमार्गको छेउमा रहेको जङ्गलबाट हतियारधारी समुह बाहिर निस्केकोबारे स्थानीयहरूले सचेत गराएपछि सैनिकहरूको खोजी दलले उनलाई मंगलबार फेला पारेको हो ।

बुओनिन्कोन्ट्रीलाई उद्धार गर्दा अपहरणकारीहरू भागिसकेका थिए तर उनीहरूले गाँजाको निशान, एक भेस्ट र एआर १५ राइफलका म्यागजिनहरू छोडेका थिए। अपहरणकारीहरुले साढे २ लाख डलर फिरौती मागेका थिए । अपहरित व्यक्तिलाई कुनै गम्भीर चोटपटक नलागकोे जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com