किन सबै अहिले टर्की गइरहेका छन् ? नेपालले पनि सिक्न सक्छ दन्त पर्यटनको मोडल


प्रकाशित मिति : माघ २३, २०८० मंगलबार

aerial view of buildings and flying birds

विश्वका चार सर्वाधिक भ्रमण गरिएका सहरमध्ये दुई टर्कीमा छन्। टर्कीले हालै भिसामा समेत नरम नीति अपनाएपछि सन् २०२४ मा अझ धेरै पर्यटकहरु टर्की जाने अपेक्षा गरिएको छ । यात्राहरु लगभग महामारी पूर्वकै अवस्थामा फर्कदा त्यसको फाइदा टर्कीले उठाएको छ । गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले अन्तर्राष्ट्रिय यात्रा महामारी अगाडिको स्तरमा ९० प्रतिशत पुगिसकेको बताएको थियो ।

बर्षभर ९७५ मिलियनको हाराहारीमा मानिसहरू विदेश जान्छन्। र ती धेरै अन्तर्राष्ट्रिय यात्रुहरूको मनमा एउटा साझा गन्तव्य टर्की रहेको छ । डिसेम्बरमा यूरोमोनिटर इन्टरनेशनलले जारी गरेको रिपोर्टमा शीर्ष १०० गन्तव्य शहरहरू प्रकाशित गर्दै अन्तर्राष्ट्रिय आगमनका लागि विश्वका शीर्ष १० सहरहरूको विवरण दिइएको छ । अचम्मको कुरा पृथ्वीमा सबैभन्दा धेरै भ्रमण गरिएका चार शहरहरू मध्ये दुई टर्कीमा छन् । ती इस्तानबुल र एन्टाल्या हुन् ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय आगमनको संख्याको सूचीमा इस्तानबुल शीर्ष स्थानमा छ, जसमा २६ प्रतिशतले पर्यटन वृद्धि भएको छ, त्यसपछि लन्डन दोस्रो स्थानमा छ भने दुबई तेस्रोमा रहेको छ । टर्कीको एन्टाल्या शहरले मात्र गतबर्ष आफ्नै जनसंख्या भन्दा १२ गुणा बढी साढे १६ मिलियन अन्तर्राष्ट्रिय आगन्तुकहरू स्वगत गरेको थियो । जुन पेरिस, हङकङ, बैंकक र न्यूयोर्क शहरकोमात्र होइन एन्टाल्याको आफ्नै जनसंख्या भन्दा पनि बढी हो ।

एन्टाल्या लामो समयदेखि जर्मन, रुसी र ब्रिटिशहरुका लागि लोकप्रिय यात्रा गन्तव्य भएको छ, जसले यसको अन्तर्राष्ट्रिय आगमनहरूको ठूलो संख्या बनाउँछ। यहाँको पानी, हल्कामात्र जाडो, गर्मी र ३ सय दिनको घामले ऐतिहासिक रूपमा यसलाई समुद्र तटको गन्तव्य बनाइदिएको छ । उपलब्ध उडानहरूमा ठूलो वृद्धिका कारण विश्वभरका धेरै मानिसहरूले एन्टाल्याको सौन्दर्य अनुभव गर्न पाइरहेका छन्। युरोमोनिटर इन्टरनेशनलको प्रतिवेदन अनुसार सन् २०२२ को तुलनामा २०२३ मा यस सहरमा अन्तर्राष्ट्रिय आगन्तुकको संख्या २९ प्रतिशतले बढेको छ।

जनवरी २०२४ मा टर्कीले अमेरिका, क्यानाडाली र मेक्सिकन नागरिकलाई ९० दिनभन्दा कम समयको भ्रमणका लागि ई भिसा प्राप्त गर्नुपर्ने आवश्यक्तालाई पनि हटाइदियो । प्रवेश आवश्यकताहरूको यो भर्खरको नियमले टर्कीमा अन्तर्राष्ट्रिय यात्रुहरूको संख्या अझ बढाउने सम्भावना छ । टर्की पनि अमेरिकीहरूका लागि भ्रमण गर्न अपेक्षाकृत किफायती ठाउँ बनेको छ । जीवन यापनको लागत अमेरिकाको तुलनामा ५४ प्रतिशत कम रहेको छ ।

टर्कीमा आगन्तुकहरूलाई आकर्षित गर्ने अर्को पक्ष भनेको यसको बढ्दो चिकित्सा पर्यटन उद्योग हो। सरकारी तथ्याङ्क अनुसार सन् २०२२ मा करिब १२ लाख मानिस मेडिकल टुरिजमको लागि टर्की गएका थिए, जुन २०२१ को तुलनामा ३०८ प्रतिशत वृद्धि हो। २०२३ को पहिलो ६ महिनामा मात्रै थप ७४६,२९० मेडिकल पर्यटकले टर्कीको भ्रमण गरे। एन्टाल्या दन्त पर्यटनको लागि विशेष रूपमा लोकप्रिय स्थान हो । धेरै स्थानीय दन्त चिकित्सकहरू र दन्त पर्यटन अपरेटरहरूले बिरामीहरूको यात्रा र आवासको सुविधा लागि पनि विभिन्न अफरहरु गरिरहेका हुन्छन् ।

नेपाल पनि दन्त उपचारका लागि सस्तो र राम्रो मानिन्छ । त्यसैले नेपालले पनि दन्त पर्यटनको टर्कीको तरिका अपनाएर मेडिकल टुरिजम बढाउन सक्छ । साथै नेपालमा आँखाको उपचारका लागि पनि उत्कृष्ट मानिन्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com