समुदायमा कांग्रेस अभियान र महामन्त्री थापाको संवाद यात्रा स्थगित


प्रकाशित मिति : माघ २३, २०८० मंगलबार

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री झापाका केशवकुमार बुढाथोकीको निधन भएपछि शोक मनाउन भन्दै संबाद यात्रा स्थगित भएको महामन्त्री थापाले जानकारी दिनुभयो । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको सोमवारराती ८० बर्षको उमेरमा विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

संबादको बाँकी यात्रा महासमितिको बैठक पछि सुचारु हुने उहाँले जानकारी दिनुभयो । महासमितिको बैठक फागुनको ७ गतेदेखि काठमाण्डौमा सुरु हुदैछ । फागुन १६ गतेबाट संबाद यात्रा सुचारु हुने संभावना प्रबल छ महामन्त्री थापाले भन्नुभयो ।

समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।

माघ १३ गते झापाबाट सुरु भएको महामन्त्री थापाको संबाद यात्रा हुलाकी राजमार्ग अन्र्तगतका जिल्लाहरुमा रहेका नेता कार्यकर्ता तथा स्थानीय संग भेटघाट , छलफल र अन्र्तकृया गर्दै मंगलबार दिउसो रुपन्देही आईपुग्ने कार्यक्रम रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com