कांग्रेसले महासमिति बैठकका लागि उपसमितिका संयोजक तोक्यो


प्रकाशित मिति : माघ २१, २०८० आईतबार

आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांंग्रेस पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिका संयोजक चयन भएका छन्।

महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गर्नुभएको हो ।

यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ लाई देउवाले जिम्मेवारी प्रदान गर्नुभएको पार्टी कार्यालयले जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com