२० बर्षभन्दा बढी जेल सजाय काटिसकेपछि न्युयोर्कका २ जना अदालतबाट निर्दोष ठहर


प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार

सन् १९८७ मा नयाँ वर्षको सुरु हुने बित्तिकै आफ्नी श्रीमतीसँग टाइम्स स्क्वायर हुँदै हिडिरहेका एक फ्रान्सेली पर्यटकमाथि आक्रमण भएको थियो । आक्रमणपछि ७१ वर्षीय जीन क्यासेको टाउको फुटपाथमा बजारिएपछि लगत्तै उनलाई मृत घोषित गरिएको थियो ।

त्यसको केही दिनमा प्रहरीले ब्रुकलिन निवासी दुई किशोरहरु १९ वर्षीय एरिक स्मोक्स र १६ वर्षीय डेभिड वारेनलाई क्यास्सेको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो । दुवैले आफू निर्दोष भएको दावी गर्दा गर्दै पनि उनीहरूलाई हत्याको मुद्दामा दोषी ठहराइयो र दशकौंको लागि जेल पठाइयो।

लगभग ३७ वर्ष पछि न्युयोर्क सिटीका न्यायाधीश र एक म्यानहट्टन अभियोजकले पुरुषहरूको पक्षमा फैसला गरेका छन् । उनीहरु अहिले ५३ र ५६ बर्षका भएका छन् । अभियोजकहरूले उनीहरु निर्दोष रहेका थप प्रमाणहरू फेला पारेपछि बुधवार एक न्यायाधीशले उनीहरुको सजाय उल्टाएका छन् ।

एरिक स्मोक्स र डेभिड वारेनले आफ्नो जीवनका दशकहरू अन्यायपूर्ण सजायमा गुमाएको म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले एक विज्ञप्तिमा बताएका छन् । उनले स्मोक्स र वारेनको अटल वकालतबाट प्रेरित रहेको भन्दै यो निर्णयले अन्ततः उनीहरूलाई सान्त्वना र न्याय प्रदान गर्नसक्ने बताएका छन् ।

woman in gold dress holding sword figurine

स्मोक्स २४ वर्षको जेल सजायपछि सन् २०११ मा जेलबाट छुटेका थिए । वारेनले सन् २००७ मा परोलमा रिहा अगाडि २० बर्ष जेल सजाय विताएका थिए । सँगै हुर्केका र आफूलाई दाजुभाइको रूपमा वर्णन गर्ने दुई व्यक्तिले आफ्नो नाममा लागेको दाग मेटाउन वर्षौं बिताए। कुनै पनि डीएनए प्रमाणले उनीहरूलाई अपराधसँग जोडेको छैन।

मुद्दामा गवाही दिने चार साक्षीहरू सबै टीनएजर थिए, जसमध्ये केहीले पछि आफूहरुलाई पुलिसले दबाब दिएको तथा स्मोक्स र वारेनले हत्या गरेको बयान नदिए पक्राउ गर्ने धम्की दिएको बताएका थिए ।

सन् २०१७ मा स्मोक्स र वारेनले निर्दोष सावितीका लागि मोशन फाइल गर्दा त्यो प्रयासलाई न्यायाधीश स्टीफन एन्टग्नानी र म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले विरोध गरेको थियो । म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नीमा त्यतीबेला साइरस भान्स थिए । पछि एसिस्टेन्ट डिस्ट्रिक्ट एटोर्नी क्रिस्टी केननले साक्षीको बयानको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । सन् २०२० को निर्णयमा न्यायाधिस एन्टिग्नानीले उनीहरूको प्रस्तावलाई उनीहरू निर्दोष भएको स्पष्ट र विश्वस्त प्रमाणहरू नभएको भन्दै अस्वीकार गरेका थिए ।

म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले सन् २०२२ को नेतृत्वमा अर्को अनुसन्धान खोलिएको थियो । जसमा अभियोजकहरूले महत्वपूर्ण नयाँ प्रमाण पत्ता लगाएका थिए, जसमा टीनएजर साक्षीहरूलाई पुलिसले दबाब दिएको लगायत थिए । तिनीहरूमध्ये कम्तिमा एकजना अपराध हुँदा वरपरमा नभएको देखाउने ट्रान्सक्रिप्टहरू समेत फेला परेका थिए ।

नयाँ प्रमाणको साथ न्यायाधिस एन्टिग्नानी यस हप्ता उनीहरुलाई निर्दोष सावित गर्न सहमत भए। स्मोक्स र वारेनका वकिलले आफ्ना ग्राहकहरूको नाममा लागेको दाग मेटिएकोमा खुशी व्यक्त गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com