करवापत धेरै रकम तिर्नुपरेको अधिकांश अमेरिकी करदाताहरूको गुनासो


प्रकाशित मिति : माघ १६, २०८० मंगलबार

person holding black android smartphone

शिकागो विश्वविद्यालयको ह्यारिस स्कूल अफ पब्लिक पोलिसी र एसोसिएटेड प्रेस(एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणका अनुसार अमेकिरामा धेरैजसो करदाताहरूले उनीहरूले करमा धेरै रकम तिरेको महसुस गर्छन् । उनीहरूले बदलामा कम मूल्य पाउने गरेको करदाताहरुको भनाई छ ।

दुई तिहाई अमेरिकी करदाताहरूले करको मौसम सुरु हुने बित्तिकै संघीय आयकरहरूमा अत्यन्तै धेरै खर्च गरेको बताएका छन् । १० मध्ये ७ जनाले स्थानीय सम्पत्ति करको बारेमा उस्तै बताएका छन् । जबकि लगभग १० मा ६ जनाले राज्यको बिक्री करको बारेमा त्यस्तै महसुस गर्छन्।

सर्वेक्षणका अनुशार करबापत राज्यले प्राप्त गरेको रकम जनताको सर्वोत्तम हितमा खर्च हुने अमेरिकी वयस्कहरूसँग उच्च स्तरको विश्वास छ । तर मानिसहरूले आफ्नो कर वापत तरिको डलर संघीय सरकारको तुलनामा स्थानीय निकायले बढी सदुपयोग गरेको विश्वास गर्छन् । ६० वर्ष वा सोभन्दा माथिका वयस्कहरूले उचित रुपमा कर तिर्ने सम्भावना कम उमेरका वयस्कहरू भन्दा बढी रहेको छ ।

 

100 us dollar billसर्वेक्षण निर्माणमा संलग्न युनिभर्सिटी अफ शिकागो ह्यारिस स्कूल अफ पब्लिक पोलिसीका प्रोफेसर क्रिस बेरीले समग्रमा, करको बारेमा जनमत र सरकारप्रतिको विश्वास घटेको बताएका छन् । सर्वेक्षणको नतिजाले आंशिक रूपमा बढेको राजनीतिक ध्रुवीकरणलाई प्रतिबिम्बित गरेको छ तर जनताले लामो समयदेखि संघीय सरकारभन्दा स्थानीय सरकारलाई बढी विश्वास गरेको देखिएको छ ।

संघीय आयकर तिर्नेहरू मध्ये आधाले करको बिल घट्छ भने सरकारी सेवाहरु कम लिनपनि आफूहरु तयार रहेको बताएका छन् । एक तिहाईले सकारले प्रदान गरेको सेवाका लागि अहिलेर्कै दरमा कर तिर्न तयार रहेको बताएका छन् भने १६ प्रतिशतले सरकारी सेवा बढाउने हो भने बढी कर तिर्न पनि तयार रहेको बताएका छन् ।

४ मध्ये १ करदाताले मात्र संघीय आयकर, राज्य बिक्री कर वा स्थानीय सम्पत्ति कर तिर्दा त्यसवापत उचित सेवा पाएको बताउँछन्। लगभग ३ मा १ जनाले उचित नभएको बताएका छन् भने १० जनामा ४ जनाले मध्यम रहेको बताएका छन् । सर्वेक्षणका अनुसार,अधिकांश अमेरिकी वयस्कहरूले संघीय आयकर वा स्थानीय सम्पत्ति कर अनुचित ठान्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com