आईसीसीद्वारा श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध फुकुवा


प्रकाशित मिति : माघ १४, २०८० आईतबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरेको घोषणा गरेको छ । आईसीसीले एक विज्ञप्ति जारी गर्दै निलम्बनपछि श्रीलंका क्रिकेटको अवस्थालाई नियालिरहेको र अहिले बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाएको छ ।

आईसीसीका अनुसार श्रीलंका क्रिकेट बोर्डले अब आफ्नो सदस्यता दायित्व उल्लङ्घन गरेको छैन।

यसअघि नोभेम्बरमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाको प्रदर्शन खराब रह्यो । यही कारण सरकारले क्रिकेट बोर्ड विघटन गर्ने घोषणा गरेको थियो ।  क्रिकेट प्रशासनमा सरकारको यो हस्तक्षेपबाट आक्रोशित आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, आईसीसी बोर्डको गत नोभेम्बर २१ मा बसेको बैठकले श्रीलंकाको टोलीले द्विपक्षीय र आईसीसी प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने निर्णय गरेको थियो । तर, श्रीलंकामा प्रस्तावित यू–१९ पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा सार्ने निर्णय भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com