ग्रिनकार्ड नविकरणका लागि आवेदन दिएको तर नयाँ कार्ड प्राप्त नभएको अवस्थामा के गर्ने ?


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

अमेरिकाको ग्रिनकार्ड

अमेरिकामा म्याद सकिन लागेको वा सकिएको ग्रिनकार्डको नविकरणका लागि आवेदन दिएको खण्डमा म्याद सकिएको ग्रिनकार्डले पनि २ बर्ष काम गर्छ । युएससीआईएसले ग्रिनकार्ड नविकरण वा पुनस्र्थापनका लागि आवेदन दिएका आवेदकहरुको ग्रिनकार्डको अवधि स्वत २४ महिना थप्ने गरी ल्याएको नीति अझै पनि कार्यान्वयनमा छ ।

ग्रिनकार्डको म्याद सकिएका वा सकिन लागेका आवेदकहरुले नविकरणका लागि फर्म आई ९० फाइल गरेपछि रिसिप्टका रुपमा ग्रिनकार्डको अवधि थपिएको प्रमाण प्राप्त गर्छन् । पहिले आई ९० को रिसिप्टले १२ महिनासम्ममात्र ग्रिनकार्डको म्याद थप्ने प्रावधान रहदै आएकोमा अहिले उक्त अवधि २४ महिना छ ।

नविकरणका लागि फाइल गरेको रिसिप्ट म्याद सकिएको ग्रिनकार्डको साथमा पेश गरेको खण्डमा २४ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले पनि काम गर्छ । ग्रिनकार्ड नविकरण वा हराएको ग्रिनकार्ड प्राप्त गर्नमा लामो समय लागेपछि युएससीआईएसले २४ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले नै काम गर्ने व्यवस्था गरेको हो ।

यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्छ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्छ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कसैको पूरानो ग्रिनकार्ड हराएको छ र त्यसको साटोमा नयाँ ग्रिनकार्डका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा छ भने आवेदकले युएससीआईएसमार्फत एडीआईटी स्ट्याम्प प्राप्त गर्न सक्छन् । आप्रवासी भिसामा अमेरिका आएर समयमै ग्रिनकार्ड प्राप्त नगरेका, ग्रिनकार्ड हराएर वा च्यातिएर प्रतिस्थापनका लागि आवेदन दिएका अमेरिकाका वैध स्थायी बासिन्दाहरूले ग्रिनकार्डको काम गर्ने छाप हुलाकबाटै समेत प्राप्त गर्न सक्छन् । एलियन डकुमेन्टेशन, आइडेन्टिफिकेशन एण्ड टेलिकम्युनिकेशन अर्थात् एडीआईटी स्ट्याम्प वा आई ५५१ स्ट्याम्पका रुपमा चिनिने यो स्ट्याम्पका लागि युएससीआईएसको फिल्ड अफिस धाउनुपर्ने बाध्यता पनि अन्त्य भइसकेको छ ।

सामान्यतया अमेरिकाका स्थायी बासिन्दाहरु जोसँग हराएको, चोरी भएको, नविकरणका लागि आवेदन दिएको वा अन्य कुनै कारणवश ग्रिनकार्ड छैन उनीहरुले ग्रिनकार्ड नआउँदासम्म यो स्ट्याम्पको प्रयोग गर्नुपर्छ । यो स्ट्याम्पको प्रयोग गरेर अमेरिकामा बैध स्थीति प्रमाणित गर्न, काम गर्न र अमेरिकाबाहिर यात्रा गरेर फर्कन समेत सकिन्छ ।

त्यस्तै ग्रीन कार्ड प्रतिस्थापन गर्नको लागि आई ९० आवेदन दिएका, ग्रिनकार्डका सर्तहरू हटाउनको लागि आई ७५१ आवेदन दिएका वा अमेरिकाको नागरिकता आवेदन दिएका तर पूरानो ग्रिनकार्डको अवधि सकिएका वा अवधि थपको सुचनाको म्याद सकिएकाहरुले आफू अमेरिकाको स्थायी बासिन्दा भएको प्रमाणका लागि यो छाप लगाउनुपर्छ ।

यो छाप आवश्यक पर्ने व्यक्तिले युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गरेर आफूलाई बैध स्थीतिको अस्थायी प्रमाण आवश्यक भएको अनुरोध गर्नुपर्छ । त्यसपछि अध्यागमन सेवा अधिकारीले अनुरोध गर्ने व्यक्तिको पहिचान, भौतिक पत्राचार ठेगाना र त्यो ठेगानामा युपीएस वा फेडेक्सबाट एक्सप्रेस पत्र प्राप्त गर्न सक्छ कि सक्दैन भनेर प्रमाणित गर्नेछन् ।

त्यसपछि युएससीआइएसका अधिकारीले आवश्यक परेको खण्डमा व्यक्तिगत रुपमा नै उपस्थीत हुनका लागि अप्वाइन्टमेन्ट बनाउँछन् । व्यक्तिगत रुपमा उपस्थीत हुनुपर्ने अवस्था नभएको खण्डमा स्ट्याम्प जारी गर्न युएससीआईएसको फिल्ड अफिसमा अनुरोध पठाउँछन् ।

यदि आवेदक व्यक्तिगत रुपमा नै उपस्थीत हुनुपर्ने अवस्था नभएको खण्डमा फिल्ड अफिसले अस्थायी प्रमाणका लागि गरिएको अनुरोध अवलोकन गर्छ । त्यसपछि आवेदकलाई आई ९४ का साथमा एलियन डकुमेन्टेशन, आइडेन्टिफिकेशन एण्ड टेलिकम्युनिकेशन अर्थात् एडीआईटी स्ट्याम्प, डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सिल र युएससीआईएसको प्रणालीबाट प्रिन्ट गरेर निकालिएको ग्रिनकार्डको प्रिन्ट गरिएको फोटो हुलाकमार्फत पठाउनेछन् ।

युएससीआईएसले पठाउने एडीआईटी स्टयाम्पले एकबर्षसम्म ग्रिनकार्डका रुपमा काम गर्छ । केही कानुनी स्थायी बासिन्दाहरूले आफ्नो स्थितिको अस्थायी प्रमाणहरू प्राप्त गर्नका लागि युएससीआईएसको फिल्ड अफिसमा अझै पनि व्यक्तिगत रूपमा उपस्थित हुन आवश्यक रहेको युएससीआईएसले जनाएको छ । एकदमै अर्जेन्ट भएकाले हुलाकबाट स्ट्याम्प आउँदासम्म कुर्न नसक्नेहरु र युएससीआईएसका प्रणालीहरूमा प्रयोगयोग्य फोटो नभएकाहरु पनि फिल्ड अफिसमा उपस्थीत हुनुपर्छ । ठेगाना वा पहिचान पुष्टि हुन नसकेकाहरु पनि व्यक्तिगतरुपमा उपस्थीत हुनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com