२००६ देखि २०१३ सम्म कुनै दिन गुगल सर्च गर्नुभयो? गुगलले पठायो २३ मिलियन डलरमध्येको भाग


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

focus photography of person counting dollar banknotes

अक्टोबर २००६ र सेप्टेम्बर २०१३ को बीचमा गुगल प्रयोग गरेर सर्च गर्ने र सर्च परिणामहरूमा क्लिक गर्ने व्यक्तिहरूले २३ मिलियन डलरको सेटलमेन्टको आफ्नो भाग प्राप्त गर्न सुरु गरेको छन् ।  गुगलले अनुमति बिना तेस्रो पक्ष वेबसाइटहरूसँग प्रयोगकर्ताको खोजहरू शेयर गरेको दाबी गर्ने मुद्दामा भएको सहमति अनुशार गुगलले यो रकम तिर्न सुरु गरेको हो ।

यसरी गुगलले प्रयोगकर्ताहरुलाई रकम पठाएको छ ।

गुगलले प्रयोगकर्ताका जानकारी शेयर गरेको दाबीलाई अस्वीकार गरेको थियो । यो सम्झौता गलत कार्यको स्वीकारोक्ति नभएको पनि गुगलले दावी गरेको थियो । तर मुद्दा अगाडि नबढाउनका लागि यो सहमति भएको थियो ।

Google sign

२६ अक्टोबर २००६ र ३० सेप्टेम्बर २०१३ को बीचमा कुनै पनि दिन खोज परिणाम लिङ्कमा क्लिक गर्ने व्यक्तिहरूलाई सेटलमेन्ट वर्ग सदस्यको रूपमा सेटलमेन्टमा समावेश गरिएको छ। जुलाई ३१ सम्ममा भाग लिने निर्णय गरेकाहरुले रकम पाउन थालेका हुन् ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

स्वीकृत दाबी भएकाहरूका लागि भुक्तानी रकम प्रति व्यक्ति ८ डलरको हाराहारीमा हुने अपेक्षा गरिएको छ। तर गुगलले प्रतिव्यक्ति ७ डलर ७० सेन्टस पठाएको छ । सम्झौताको लागि अन्तिम स्वीकृति अक्टोबर १२ मा प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com