क्यानडाले विद्यार्थी भिसामा लगायो सीमाबन्दी, यो बर्ष ३५ प्रतिशत कमलाई भिसा दिइने


प्रकाशित मिति : माघ ८, २०८० सोमबार

flag of Canada

क्यानडाले देशमा आवास र स्वास्थ्य सेवामा परेको दबाबलाई सम्बोधन गर्ने प्रयास स्वरुप आगामी दुई वर्षसम्म देशमा आउने विदेशी विद्यार्थीहरूको संख्या सीमित गर्ने घोषणा गरेको छ । यो सिमाबन्दीले विदेशी विद्यार्थीको अध्ययन अनुमतिको स्वीकृतिमा ३५ प्रतिशत कमी ल्याउने भएको छ । सन् २०२२ मा ८ लाख विदेशी विद्यार्थीहरु क्यानडामा अध्ययनरत थिए, जुन संख्या एक दशक अगाडि २ लाख १४ हजारमात्र रहेको थियो ।

नयाँ उपायहरू प्रणालीको अखंडता सुनिश्चित गर्नका लागि पनि रहेको अधिकारीहरूले बताएका छन् । अध्यागमन मन्त्री मार्क मिलरले सोमबार क्यानडाले यो वर्ष स्नातक अध्ययनका लागि करिब ३ लाख ६० हजार भिसा अनुमति स्वीकृत गर्ने लक्ष्य राखेको बताएका छन् । जुन २०२३ को तुलनामा ३५ प्रतिशत कम हो ।

प्रत्येक प्रान्त र क्षेत्रलाई कुल जनसंख्या र हालको विद्यार्थीको संख्याको आधारमा निर्धारण गरिएको भाग छुट्याइनेछ। त्यसपछि प्रान्तहरूले आफ्ना विश्वविद्यालय र कलेजहरूमा यी अनुमतिहरू कसरी वितरण गर्ने भनेर निर्णय गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सिमाबन्दी डिप्लोमा वा स्नातक कार्यक्रमका विद्यार्थीहरूलाई मात्र लागू हुनेछ । अध्ययन अनुमति नवीकरणको लागि आवेदन गर्ने विद्यार्थीहरूलाई यसले असर गर्दैन।

परिवर्तनको एक भागको रूपमा सरकारले सार्वजनिक निजी साझेदारी मोडेल अन्तर्गत काम गर्ने कलेजहरूबाट स्नातक गरेका विद्यार्थीहरूलाई कामको अनुमति पनि दिने छैन, जुन प्रायः ओन्टारियो प्रान्तमा पाइन्छ।

भिसामा लगाइएको सिमाबन्दीको दुई वर्षपछि पुन मूल्याङ्कन गरिनेछ, जुन समयसम्म सरकारले क्यानाडाली कलेजहरू र विश्वविद्यालयहरूका लागि पहिले घोषित मान्यता प्राप्त संस्थाहरूको रूपरेखा अपनाउने योजना बनाएको छ, जस अन्तर्गत निश्चित मापदण्डहरू पूरा गर्ने संस्थाहरूलाई मान्यता दिन सकिन्छ र अध्ययन अनुमतिहरूको प्राथमिकता प्रक्रियाबाट फाइदा लिन सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com