न्युयोर्क सिटीमा यहुदी धार्मिकस्थलसँग जोडिएको गोप्य सुरुङ फेला, झडपछि ९ पक्राउ


प्रकाशित मिति : पुस २५, २०८० बुधबार

NYPD white and blue NYPD SUV

न्युयोर्कमा यहूदी समुदायका नौ जनालाई एक ऐतिहासिक यहुदी धार्मिकस्थल चावड लुबाभिचसँगै जोडिएको अवैध गोप्य सुरुङ सम्बन्धित आरोपमा पक्राउ गरिएको छ। न्युयोर्क सिटीका अधिकारीहरू सुरुङ बन्द गर्न आएपछि उनीहरूले प्रहरीसँग झडप गरेका थिए ।

अधिकारीहरुले सुरुङलाई सिमेन्टले भर्न खोजेपछि युवा पुरुषहरूको एउटा सानो समूहले रोक्न खोजेको थियो । केहीले पर्खालबाट काठको प्यानलहरू तान्दै पुलिसलाई रोक्न प्रयोग गरेको देखिएको थियो । अधिकारीले बढ्दो झडपलाई तोड्न स्प्रे प्रयोग गरेका थिए ।

ती पुरुषहरूलाई आपराधिक दुष्कर्म, लापरवाह जोखिम र सरकारी प्रशासनमा अवरोध गरेको अभियोग लगाइएको छ। चाबडका प्रवक्ताले उनीहरूलाई चरमपन्थी विद्यार्थीहरूको समूह बताएका छन् ।

सुरुङहरू ब्रुकलिनको प्रमुख सडक मुनि बनाइएको थियो, जहाँ चाबड लुबाविच मुख्यालय अवस्थित छ। भवन सहरको सबैभन्दा महत्त्वपूर्ण यहूदी स्थलहरू मध्ये एक हो।
आपतकालीन संरचनात्मक निरीक्षण गर्नका लागि सिटीका निरीक्षकहरूलाई सोमबार चाबडमा बोलाइएको थियो। अवैध सुरुङले प्रख्यात सम्पदालाई नोक्सान गर्नसक्ने आशंका बढेको थियो ।

सुरुङको निरीक्षण र सिमेन्ट भर्ने प्रयासमा युवाहरूको समूहले अवरोध गरेको प्रहरीले देखेपछि झडप भएको हो । त्यसपछि केही मानिसहरूले प्रार्थना गर्ने ठाउँको पर्खाल भत्काएका थिए । जसका कारण प्रहरीले गिरफ्तार गर्नुपरेको थियो ।

चाबडका अध्यक्ष रब्बी येहुदा क्रिन्स्कीले प्रहरीलाई उनीहरूको प्रयासका लागि धन्यवाद दिएका छन् । युवा आन्दोलनकारीहरूको समूहको तोडफोडबाट समुदाय दुखित भएको उनले बताएका छन् । घृणित कार्यहरूको छानबिन गरिनेछ धार्मिकस्थलको पवित्रता पुनर्स्थापित गरिने उनले बताए ।

यो सुरुङ कसले बनायो, कसरी बनायो र उनीहरुको उद्देश्य के थियो भन्ने स्पष्ट छैन। यो सुरुङ ब्रुकलिनको सडकमा कम्तिमा एउटा अर्को भवनसँग जोडिएको देखिन्छ। चाबडमा सेवा र समारोहहरूमा उपस्थित भएका केही सदस्यहरूले हालैका वर्षहरूमा भवनमा भीडभाड भएको गुनासो गरेका थिए । त्यसैले उक्त धार्मिकस्थलको विस्तार छिटो गर्न एक व्यक्तिले सुरुङ निर्माण गर्न खोजेको स्थानीयको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com