पछिल्लो २४ घण्टामा इजरायली हवाई आक्रमणमा परि गाजामा ७३ जनाको मृत्यु, ९९ घाइते


प्रकाशित मिति : पुस २३, २०८० सोमबार

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हवाई आक्रमणमा गाजामा ७३ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् ।

रिपोर्टहरूका अनुसार आइतबार इजरायली सेनाले उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो, जसमा दर्जनौं व्यक्तिको मृत्यु भएको थियो।

जबलियाका तस्बिरहरूमा, शवहरू क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा गाडिएको देखिन्छ। जसमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

तर, इजरायली सेनाले हमासको सैन्य अखडालाई निशाना बनाएको बताएको छ ।

अर्कोतर्फ, आइतबार कब्जा गरिएको वेस्ट बैंकबाट पनि हिंसाका धेरै रिपोर्टहरू आएका छन्। रामल्लाह स्वास्थ्य मन्त्रालयका अनुसार जेनिन सहरमा इजरायली हमलामा सात जनाको मृत्यु भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com