न्युयोर्कको म्यानहटनमा झण्डै ३ सय यात्रु बोकेको ट्रेन अर्को ट्रेनसँग ठोक्कियो, २४ जना घाइते


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

बिहीबार दिउँसो न्युयोर्क सिटीमा ट्रेनहरू ठोक्किएर लिकबाट खस्दा २४ जना घाइते भएका छन् । म्यानहटनको वेस्ट ९६ स्ट्रीट र ब्रोडवे नजिकै करिब ३ सय जना बोकेको १ नम्बरको सबवे ट्रेन अर्को कामको ट्रेनसँग ठोक्किएको थियो, जसका कारण कामको ट्रेन लिकबाट खसेको थियो ।

दिउँसो ३ बजेतिर भएको दुर्घटनामा घाइते २४ जना मध्ये कम्तीमा आठ यात्रुहरूलाई अस्पताल लगिएको थियो । कुनै पनि चोट गम्भीर मानिएको छैन। चार ट्रान्जिट कामदारहरू बोकेको कामको ट्रेनले ट्र्याक बदल्ने क्रममा यात्रुवाहक ट्रेनले ठक्कर दिएको थियो ।

अधिकारीहरूले बिहीबार एक पत्रकार सम्मेलनमा दुर्घटना उपकरणको खराबीसँग सम्बन्धित नभएको बताएका छन् । दुर्घटनाग्रस्त यात्रुवाहक ट्रेनमा रहेका करिब ३ सयजनाका साथै स्टेशनमा बिजुली काटिएपछि पछाडिका ट्रेनबाट पनि तीनसयदेखि चारसय यात्रुहरुलाई बाहिर निकालिएको थियो ।

दुर्घटनापछि म्यानहटनका अधिकांश भागमा १, २ र ३ नम्बर ट्रेनको सेवा बन्द गरिएको थियो । शुक्रबार बिहान भीडभाडमा सेवा सुचारु हुने आशा गरेपनि ग्यारेन्टी दिन नसकेको अधिकारीहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com