अमेरिकाको आयोवामा हाईस्कूलमा गोली चल्यो, प्रहरी परिचालन


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

do not cross police barricade tape close-up photography

आयोवाको पेरीमा रहेको पेरी हाई स्कूलमा गोली चलेको छ । गोलीकाण्डपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको डलास काउन्टीको फेसबुक पेजमा पोस्ट गरिएको छ । हाईस्कुल अगाडि घटनास्थलमा धेरै सहरका प्रहरी गाडीहरु देखिएका छन् ।

प्रहरीले गोलीकाण्ड अब सकृय अवस्थामा नरहेको बताएको छ । प्रहरीले अहिले केहीबेरमा यसबारे पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

मर्सीवान अस्पतालका प्रवक्ताले हाई स्कूलमा गोलीकाण्डका पीडितहरूलाई अस्पताल ल्याइदै गरेको बताएका छन् । कति घाइतेहरुलाई अस्पताल लगिदैछ भन्नेबारे उनीहरुले पुष्टि गर्न सकेनन्।

आज पेरी कम्युनिटी स्कूल डिस्ट्रिक्टका लागि हिउँदको विदापछि दोस्रो सेमेस्टरको सुरुवात हो। गोलीकाण्डपछि विद्यालय बन्द गरिएको छ ।

हाई स्कूलमा सम्भावित सक्रिय शूटरको बारेमा पहिलो रिपोर्ट स्थानीय समय अनुसार बिहान ७ बजेर ४० मिेनटमा आएको थियो । विद्यालय बिहान ८ बजेर २५ मिनेटमा खाली गरिएको थियो । समाचार स्टेशनले रिपोर्ट गर्यो, र दोस्रो टोलीले डस्द्दठ बजे उच्च विद्यालय खाली गर्यो। प्राथमिक विद्यालय पनि खाली गरेर ८ बजेर ३२ मिनेटमा बन्द गरिएको थियो ।

रिपब्लिकन प्राइमरीमा राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै आयोवाको पेरीमा रहेका समुदायको लागि प्रार्थना गर्न आव्हान गरेका छन् । रामास्वामीले बिहीबार पेरीमा चुनावी अभियानको कार्यक्रम आयोजना गर्दै थिए। गोलीबारी आयोवा ककसको केही दिन अघि भएको छ, जनवरी १५ राष्ट्रपतिको चुनावका लागि रिपब्लिकनको प्राइमरी प्रक्रिया सुरु हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com