यो सप्ताहन्तमा न्यूयोर्कमा ठूलो हिमआँधी आउने अनुमान


प्रकाशित मिति : पुस १७, २०८० मंगलबार

road between vehicles covered by snow parked beside concrete buildings and bare trees

यो साताको अन्त्यमा न्यूयोर्कमा ठूलो हिम आँधी आउने अनुमान गरिएको छ । सम्भावित रूपमा वाशिंगटन डीसीदेखि न्यूयोर्क सिटीसम्म यसैसाताको अन्त्यमा हिउँ खडेरी समाप्त हुनेछ। न्यूयोर्क सिटीमा कम्तीमा एक इन्च हिमपात नभएको ६८४ दिन नाघिसकेको छ । जनवरी ६ देखि ८ सम्म हिमपातको अनुमान गरिएको हो ।

न्यू इङ्गल्याण्ड, न्यूयोर्क र मध्य एट्लान्टिकको उच्च तापक्रम यस सप्ताहन्तको मध्यमा ३० को हाराहारीमा झर्ने अनुमान गरिएको छ । जसले गर्दा पूर्वी तटमा ठूलो आँधी आउने र केही क्षेत्रमा हिउँ पर्ने सम्भावना छ। मौसमविद्हरूले अपलाचियन पर्वतहरूमा हिमापातको सम्भावनाको साथ मिजौरीदेखि न्यू इङ्गल्याण्डसम्म हिमपात हुनसक्ने बताएका छन् ।

न्यूयोर्क सिटीमा फेब्रुअरी १६, २०२२ देखि एकै दिनमा कम्तिमा एक इन्च हिउँ पर्न सकेको छैन । बाल्टिमोर, फिलाडेल्फिया र वाशिंगटन डीसीमा पनि यस सप्ताहन्तमा हिउँ पर्न सक्छ, यी सबै क्षेत्रमा कम्तीमा १ इन्च हिमपात नभएको ७ सय दिन भन्दा बढी भइसकेको छ । वाशिंगटन डीसीमा हिउँ खडेरी परेको नयाँ वर्षको दिनको ७१५ दिन पुगेको छ।

आँधीको मार्ग अप्रत्याशित रहेको छ किनभने यसले दक्षिणपश्चिम र दक्षिणी ग्रेट प्लेन्सहरू पार गर्नेछ । यद्यपि राष्ट्रिय मौसम सेवाको चेतावनी अनुशार आँधीले डेलावर, न्यूयोर्क र न्यूजर्सीको तटमा सप्ताहन्तमा समुन्द्रमा नराम्रो छाल ल्याउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com