न्युयोर्कको क्वीन्समा पार्क गरिरहेको कारमा बसिरहेका २ जनामाथि गोली प्रहार, महिलाको मृत्यु


प्रकाशित मिति : पुस ११, २०८० बुधबार

क्वीन्समा मंगलबार राति पार्क गरिएको कारमा बसिरहेको अवस्थामा २ जनामाथि गोली प्रहार भएको छ । पटकपटक गोली प्रहारपछि एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।

न्युयोर्क प्रहरीका अनुसार मध्यरातभन्दा ठीक अघि गोली प्रहार भएको थियो । पीडितहरू १२७ औं स्ट्रिट र लिबर्टी एभिन्यू नजिकै कालो होन्डा सेडानमा थिए। २८ वर्षीया महिलाको टाउकोमा गोली लागेको थियो भने ३९ वर्षीय पुरुषको शरीरमा धेरै पटक प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते भइसकेपछि पनि ती पुरुषले झण्डै २ माइल ड्राइभ गरेर प्रहरी कार्यालय पुगेका थिए । उनी जमैकाको १६८ औं र १६९ औं स्ट्रीटको बीचमा ९१ स्ट्रीटमा रहेको प्रहरीको १०३ औं प्रिसिनक्टमा पुगेका थिए । त्यसपछि उनीहरुले प्रहरी अधिकारीहरुसमक्ष आफूहरुलाई गोली लागेको बताएका थिए ।

स्वास्थ्य कर्मचारीहरूले घटनास्थलमा महिलालाई मृत घोषित गरेका थिए । गोली लागेर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो।

प्रहरीले शंकास्पद व्यक्तिको विवरण दिएको छैन । अहिलेसम्म कोहीपनि पक्राउ परेका छैनन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com