जाडोमा राम्रो स्वास्थ्यका लागि तपाईलाई आवश्यक पर्ने ५ भिटामिन


प्रकाशित मिति : पुस ११, २०८० बुधबार

assorted labeled bottle on display shelf

जाडो मौषमले पनि विभिन्न रोगहरु ल्याउँछ । र स्वस्थ रहनको लागि तपाईंले आफ्नो शरीरको हेरचाह गर्न अत्यन्त महत्त्वपूर्ण छ। प्रतिरक्षा प्रणालीलाई ठीक अवस्थामा राख्न तथा स्वास्थ्य, शरीर र मस्तिष्कको अवस्था राम्रो बनाउन धेरै सप्लीमेन्टहरु उपलब्ध छन् । जाडोको समयमा यी भिटामिनहरू तपाईंले आफ्नो दैनिक दिनचर्यामा थप्न आवश्यक हुनसक्छ ।

भिटामिन सी

भिटामिन सी नियमित रूपमा लिनुपर्ने महत्वपूर्ण भिटामिन हो। यसको सप्लीमेन्टमा कोशिकाहरूलाई जोगाउने र तिनीहरूलाई स्वस्थ राख्न मद्दत गर्ने लगायतका गुणहरु छन् । यो भिटामिनले छाला, रक्त नलीहरु, हड्डीहरू र कार्टिलेज स्वस्थ कायम राख्न र घाउहरू निको पार्न मद्दत गर्छ ।

woman covering her right eye with orange slice

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेशनल हेल्थ सर्भिसका अनुार १९ देखि ६४ बर्षका मानिसहरूलाई दैनिक ४० मिलिग्राम भिटामिन सीको दैनिक सेवन आवश्यक हुन्छ । तपाईंको दैनिक आहारले तपाईंलाई यसको आवश्यक मात्रा दिनुपर्छ । धेरै भिटामिन सी हानिकारक हुन सक्ने भएकाले नलिन सल्लाह दिइन्छ तर १ हजार मिलीग्राम भन्दा कम भिटामिन सी लिनु हानिकारक हुन सक्दैन । केरा र सुन्तलाको रस भिटामिन सी को राम्रो स्रोत हो।

भिटामिन डी

भिटामिन डी प्रतिरक्षा प्रणालीका लागि महत्त्वपूर्ण हुन्छ । शरीरले भिटामिन डी भएको अवस्थामा मात्र क्याल्सियम अवशोषित गर्न सक्छ । यसले स्वस्थ हड्डी कायम राख्छ । मेयो क्लिनिकका अनुसार भिटामिन डीमा एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र न्यूरोप्रोटेक्टिभ गुणहरू पनि छन् जसले प्रतिरक्षा स्वास्थ्य, मांसपेशी कार्य र मस्तिष्क कोशिका गतिविधिलाई राम्रो बनाउँछ ।

भिटामिन डीले प्रतिरक्षा प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ । र यसले मधुमेह, दम र रुमेटोइड अर्थराइटिस जस्ता अटोइम्यून रोगहरूको जोखिम कम गर्न सक्छ। भिटामिन डी धेरै खानाहरूबाट प्राकृतिक रुपमा पाइदैन । यद्यपी दूध, अनाज र बोसोयुक्त माछाका साथै घामबाट प्राप्त गर्न सकिन्छ ।

a glass bowl filled with yellow pills on a white surface

छालाले उत्पादन गरेको भिटामिन डीको मात्रा धेरै कारकहरूमा निर्भर हुन्छ । जाडो महिनाहरूमा भिटामिन डीको उत्पादन कम हुन सक्छ वा पूर्णतया अभाव हुन सक्छ । त्यसैले तपाईंले दैनिक रुपमा भिटमिन डी सेवन गर्न आवश्यक हुनसक्छ ।

१९ वर्ष र माथिका वयस्कहरूले दैनिक ६०० आईयु सम्म भिटामिन डी सेवन गर्न सुझाव दिइएको छ । ७० बर्षभन्दा माथिकाहरुलाई ८ सय आईयु सेवन गर्न सुझाव दिइएको छ । अमेरिकी हार्ट एसोसिएसनको हालैको प्रतिवेदनले ६०० देखि ८०० आईयुसम्म भिटामिन डीको सुझाव कतिपयका लागि कम हुनसक्ने देखाएको छ ।

भिटामिन बी ६

सबै बी भिटामिनहरू महत्त्वपूर्ण भएपनि भिटामिन बी ६ विशेष गरी स्नायु प्रणाली र प्रतिरक्षा प्रणालीको स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । विशेष गरी चिसो र फ्लूको मौसममा यसको महत्व अझ बढी छ ।

भिटामिन बी ६ को कमी वास्तवमा सामान्य मानिन्छ । तर यसको कमीले डिप्रेशन, कन्फ्युजन र चिडचिडापन जस्ता लक्षणहरू निम्त्याउन सक्छ। यो भिटामिनले शरीरमा खानालाई सेलुलर ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्दछ । भिटामिन बी ६ को स्रोतहरू केरा, टुना र साल्मन, फलफूल, गाई र सुँगुरको मासु, नट्स, कुखुरा, चना, सम्पूर्ण अन्न र फोर्टिफाइड अनाज समावेश छन्।

५० बर्षभन्दा कम उमेरका व्यक्तिका लागि १ दशमलव ३ मिलिग्राम भिटामिन बी ६ को खान सुझाव दिइएको छ । ५० बर्षपछि महिलाका लागि १ दशमलव मिलिग्राम र पुरुषका लापग १ दशमलव ७ मिलिग्राम खान सुझाव दिइएको छ ।

जिंक

जिंक एक खनिज हो जसले शरीरको प्राकृतिक प्रतिरक्षालाई बढावा दिन मद्दत गर्दछ । विशेष गरी मौसमी छालाको अवस्था र रोगहरू विरुद्ध लड्न यसले मद्दत गर्न । साथै राम्रो निद्रा प्राप्त गर्न पनि मद्दत गर्दछ।

यसले प्रतिरक्षा प्रणाली र मेटाबोलिजम सुधार गर्न मद्दत गर्छ । यसले छालाको स्वास्थ्य, प्रतिरक्षा कार्य र कोशिकाको वृद्धिमा भूमिका खेल्छ । र सम्भावित रूपमा डण्डिफोर र इन्फ्लामेसनबाट जोगाउन सक्छ ।

अनुसन्धानले जिंकलाई धेरै स्वास्थ्य लाभहरूसँग जोडेको छ जसमा प्रतिरक्षा प्रणालीलाई बढावा दिने, छिटो घाउ निको पार्ने र निश्चित उमेर सम्बन्धित रोगहरूको जोखिमलाई सम्भावित रूपमा कम गर्ने लगायत छन् ।

जिंकको कमीका कारण पखाला, कपाल पातलो हुने, स्वाद वा गन्ध लिने क्षमता घट्ने, सुख्खा छाला हुने वा प्रजनन समस्याहरू हुनसक्ने अनुसन्धानले देखाएको छ ।

ओमेगा ३

ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण छ । यो चिसो र सुख्खा महिनाहरूमा छालाका लागि विशेष गरी महत्त्वपूर्ण छ। शरीरले चाहिनेजति ओमेगा ३ प्राकृतिक रुपमा उत्पादन गर्न सक्दैन ।

त्यसैले खाना वा सप्लीमेन्टहरु मार्फत प्राप्त गर्न महत्त्वपूर्ण छ। ओमेगा ३ हृदय रोगको जोखिम गर्न, हृदय रोग, एरिथमिया, रगत जम्ने, स्तन क्यान्सर, अल्जाइमर रोग, डिमेन्सिया र उमेरसम्बन्धित म्याकुलर डिजेनेरेशन जस्ता क्यान्सरका केही रूपहरूबाट हुने अचानक मृत्यु कम गर्न प्रभावकारी रहेको छ ।

माछा ओमेगा ३ को सबैभन्दा राम्रो स्रोत हो । अमेरिकन हार्ट एसोसिएसनले हृदय रोगको इतिहास नभएका मानिसहरूलाई हरेक हप्ता कम्तिमा दुईवटा माछा खान सिफारिस गर्दछ ।

यी सामान्य सुझावहरुमात्र हुन् । व्यक्तिगत स्वास्थ्य सम्बन्धि परामर्शका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com