एप्पलका पछिल्ला घडीहरू अमेरिकामा बेच्न सरकारले लगायो प्रतिबन्ध


प्रकाशित मिति : पुस १०, २०८० मंगलबार

people walking on white floor tiles

एप्पललाई अब अमेरिकामा आफ्ना पछिल्ला एप्पल घडीहरू बेच्न प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय व्यापार आयोग आईटीसीले एप्पल वाच सिरिज ९ र अल्ट्रा २ मा आधिकारिक रूपमा डिसेम्बर २६ बाट प्रतिबन्ध लागू गरेको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले आज प्रतिबन्धलाई भिटो गर्न अस्वीकार गरेपछि एप्पलले अब अमेरिकामा वाच सिरिज ९ र वाच अल्ट्रा २ बेच्न नपाउने भएको हो । एप्पलले डिसेम्बर २१ मा आफ्नो वेबसाइटबाट र डिसेम्बर २४ पछि आफ्नो स्टोरबाट दुवै घडीहरु हटाइसकेको छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोगले होशियारीपूर्वक विचारपछि यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ। एप्पलले मासिमो नामक कम्पनीले पेटेन्ट गरेको ब्लड अक्सिजन सेचुरेसन टेक्नोलोजीको उल्लंघन गरेको पत्ता लगाएपछि आईटीसीले प्रतिबन्ध जारी गरेको थियो ।

Apple logo during daytime

एप्पललाई प्रविधिको उल्लङ्घन गरिएका पहिले आयात गरिएका उपकरणहरू बेच्न पनि रोक लागाउने आदेश दिइएको छ। एप्पलले अपीलको पर्खाइमा निर्णय रोक्न प्रयास गरेपनि आईटीसीले एप्पलको अनुरोधलाई अस्वीकार गरेको छ । राष्ट्रपति जो बाइडेनले भिटो प्रयोग गर्नसक्ने अर्को मौका भएपनि उनले भिटो प्रयोग गरेनन् ।

यो प्रतिबन्धले अमेरिकाका रहेका एप्पल स्टोरहरूलाई मात्र असर गर्छ। यसको मतलब ग्राहकहरूले अझै पनि यी घडीहरु बेस्ट बाई, टार्गेट लगायतका खुद्रा बिक्रेताहरूबाट आपूर्ति गर्न सक्नेछन्। एप्पलले वाच एसई बेच्न पनि जारी राख्नेछ, किनभने यो रगत अक्सिजन सेन्सरको साथ आउँदैन।

एप्पलले अब के गर्छ भन्ने प्रष्ट छैन । एप्पलले दुबै घडीहरूमा रगत अक्सिजन सेन्सरमा सफ्टवेयर परिवर्तन गर्ने वा आयात गरिएका यन्त्रहरूमा सेन्सर असक्षम पार्ने लगायतका उपायहरु अपनाउनसक्ने अनमाुन गरिएको छ । तर ती दुबै विधिहरू आईटीसीलाई सन्तुष्ट पार्न पर्याप्त नहुन सक्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com