यी युट्युबरलाई किन लगायो कतार एयरवेजले उडान प्रतिबन्ध ?


प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार

एक उड्डयन युट्युबरलाई कतार एयरवेजले आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । पुराना विमान, फोहोर क्याबिन र अप्रेरित चालक दलको बारेमा नकारात्मक समीक्षा पोस्ट गर्ने ती युट्युबरलाई भिडियोको कारणले कतार एयरलाइनमार्फत उडान गर्नबाट प्रतिबन्ध लगाइएको हो ।

युट्युबमा ६५ हजारभन्दा बढी सब्सक्राइबर भएका जोश काहिलले अगस्टमा कतार एयरवेजका बारेमा भिडियो शेयर गरेका थिए, जसलाई उनले एक व्यापक उडान समीक्षा भनेर वर्णन गरेका थिए । १३ मिनेटको भिडियोमा स्वागतदेखि लिएर बस्ने व्यवस्था, मनोरन्जन विकल्पहरू र खानासम्म सबै कुरामा समस्या भएको देखाइएको थियो । त्यसपछि कतार एयरवेजले उनलाई भिडियो हटाउन आग्रह गर्दै भिडियो हटाएमा निशुल्क उडान प्रस्ताव गरेको भन्दै काहिलले डिसेम्बर १६ मा अर्को भिडियो हालेका थिए ।

काहिलले कतार एयरवेजको प्रस्ताव अस्वीकार गरेको तथा कतार एयरवेजले उसको भिडियोमा पोस्ट गरिएका कुनै पनि नकारात्मक टिप्पणीहरू हटाउन आग्रह गरेर सम्झौता गर्ने प्रयास गरेको उनले बताए । दोस्रो पटक पनि उनीहरूको अनुरोध अस्वीकार गरेपछि दोहास्थित एयरलाइन्सले काहिललाई इमेल पठाउदै कतार एयरवेजको उडानमा भविष्यको बुकिङ रद्द गरेको र उनलाई फेरि एयरलाइनसँग यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएको थियो ।

काहिलले आफूलाई प्रतिबन्ध लगाउनु अगाडि र भिडियो पोस्ट गर्नु अगाडि नै उडान बुक गरेको बताएका थिए । सुरक्षाका कारणले गर्दा आफूले कतार उडान नगर्ने उनले बताएका थिए । प्रतिबन्ध हटाए पनि आफू दोहामा पक्राउ पर्न सक्ने भन्दै उनले आफू कतार नजाने बताएका हुन् ।

कतार एयरलाइन्ससँग यात्रुहरूलाई सेवा दिन अस्वीकार गर्ने व्यापक विवेक दिने नियमहरु रहेका छन् । काहिलले खिचेको भिडियोका सन्दर्भमा पनि उडानका स्टाफ सदस्यहरुले उनलाई रेकर्ड गर्न अनुमति नदिएको इमेल गरेको इमेल गरेको जनाइएको छ । डिसेम्बरको भिडियोदेखि कतार एयरवेजका कसैसँग सम्पर्कमा नभएको तर कतारको कडा प्रतिक्रियाबाट छक्क परेको काहिलले बताएका छन् ।

ूएयरलाइन्सको समीक्षाको १० वर्षमा आफूलाई कुनै पनि एयरलाइनबाट प्रतिबन्ध नलगाइएको तथा कसैले पनि नकारात्मक समीक्षा मेटाउनको लागि मलाई निशुल्क उडान प्रस्ताव नगरेको काहिलले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com