मेक्सिको सिमाक्षेत्रबाट अमेरिका छिर्ने चिनियाँ आप्रवासीहरूको संख्या बढ्दो
प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार
Migrant people cross through the banks of the Rio Grande to the US, as seen from Matamoros, state of Tamaulupas, Mexico on May 9, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by ALFREDO ESTRELLA / AFP)
गत वर्ष विना भिसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने २४ हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका छन्। जुन अघिल्लो १० वर्षको संयुक्त तुलनामा समेत बढी हो। दक्षिणी सीमा पार गरेर अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको बृद्धिमा चीनका आप्रवासीहरुको बृद्धिलाई आश्चर्यजनक भनिएको छ ।
दुरी र यात्राको कठिनाइका बाबजुद पनि गत वर्ष मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने चिनियाँ नागरिकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको हो । तिनीहरू सामान्यतया चीनबाट इक्वेडर उड्छन्, जहाँ उनीहरूलाई भिसा आवश्यक पर्दैन।
त्यसपछि अन्य हजारौं आप्रवासीहरू जस्तै तिनीहरूले कोलम्बिया र पनामा बीचको खतरनाक जङ्गलबाट अमेरिका जाने बाटोमा आफ्नो यात्रा तय गर्न तस्करहरूलाई मोटो रकम तिर्छन् । मेक्सिको सिमाक्षेत्रबाट उनीहरु अमेरिकाका सीमा अधिकारीहरूकहाँ पुग्छन् र धेरैले शरण खोज्छन्।
यसरी शरण खोज्नेमा धेरै सफल हुन्छन् । जसका कारण अरु आप्रवासीहरु अमेरिका आउन प्रोत्साहित भएका छन् । अध्यागमन अदालतमा पनि शरणको दावी गर्ने अन्य देशका मानिसहरूको तुलनामा चिनियाँ नागरिकहरू बढी सफल छन्। चीनले आफ्ना नागरिक फिर्ता लैजान अमेरिकासँग समन्यव गर्दैन ।

अमेरिकी अधिकारीहरूले कुनै पनि देशहरूलाई आफ्ना नागरिकहरू फिर्ता लिन बाध्य पार्न सक्दैनन्। अधिकांश देशका लागि यो मुद्दा होइन। किनभने अधिकांश देशहरु आफ्ना नागरिकहरु फिर्ता लिन्छन् । तर करिब एक दर्जन देशहरू भयानक रूपमा सहयोगी छैनन् । र चीन सबैभन्दा असहयोगी हो ।
अमेरिकाबाट देशनिकालाको अन्तिम आदेश पाएका १३ लाख मानिसहरूमध्ये करिब १ लाख चिनियाँहरू छन् । चिनियाँहरू कोरोनाभाइरस महामारीसँग सम्बन्धित कठोर प्रतिबन्धहरू र सी जिनपिङको अधिनायकवादी सरकारको निर्देशनबाट निराश भएर अमेरिका आएर शरण लिने गरेका छन् । उनीहरु जापान र युरोपका साथै अमेरिका आउने गरेका छन् ।
उनीहरु सबैभन्दा ठूलो कारण राजनीतिक वातावरण भएको बताउँछन् । हिडेर मेक्सिकोबाट अमेरिका आउने यात्रामा रहेका एक चिनियाँले चीनले सास फेर्न गाह्रो हुनेगरी दमन गरिरहेको बताएका थिए । चिनियाँ नागरिकहरू अब जंगल पार गर्ने विश्वकै चौथो ठूलो समूह भएका छन्। धेरैजना इक्वेडर जानु र अमेरिका हिडेर आउनु अघि टर्कीका लागि उड्छन्।
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०२३ मा २४ हजार भन्दा बढी चिनियाँ आप्रवासी अमेरिका आएका थिए। अघिल्लो १० वर्षमा १५ हजार भन्दा कम चिनियाँ आप्रवासी अवैध रूपमा दक्षिणी सीमा पार गर्ने क्रममा पक्राउ परेका थिए।





