न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप


प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

ती महिलाले न्यूयोर्कको एडल्ट सर्वाइभर्स एक्ट अन्तर्गत आडम्स, न्युयोर्क प्रहरी र दुई अज्ञात संस्थाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् । उक्त समयमा आडम्स एक प्रहरी क्याप्टेन थिए भने अरु दुई जना सिटीका लागि काम गरिरहेकाहरु थिए।

वादीलाई सन् १९९३ मा न्यूयोर्कमा प्रतिवादी एरिक आडम्सले यौन दुर्व्यवहार गरेको र त्यतीबेला उनीहरू दुबैले न्यूयोर्क सिटी सरकारी कार्यालयमा काम गरेको अदालतको कागजातमा आरोप लगाइएको छ ।

woman in gold dress holding sword figurine

दावीहरूमा जानाजानी र लापरवाही रुपमा शारीरिक, मनोवैज्ञानिक र अन्य चोटहरू। दिएको आरोप लगाइएको छ । जुन आचरणको परिणाम यौन अपराध हुनेछ। अदालती कागाजतमा कथित आक्रमणको विवरण प्रस्तुत गरिएको छ ।

एडल्ट सर्वाइभर्स ऐन २०२२ मा लागू भएको थियो भने बिहिबार मध्यरातमा म्याद सकिएको छ । यसले यौन दुर्व्यवहारको आरोप लगाउनेहरूलाई मुद्दा दायर गर्नको लागि सीमितताको कानून हटाएको थियो । यो ऐनको म्याद सकिनुभन्दा ठीक अगाडि आडम्सविरुद्ध अभियोग लागेको छ ।

मेयरलाई उक्त व्यक्ति को हो भन्ने थाहा नभएको र उनीहरुबीच भेट भए नभएको पनि सम्झना नभएको जनाइएको छ । तर आफूले कहिले पनि अर्को व्यक्तिलाई शारीरिक रूपमा हानि पुर्‍याउने कुनै काम नगरेको र त्यस्तो कुनै पनि दाबीलाई दृढतापूर्वक अस्वीकार गर्ने मेयर एरिक आडम्सको भनाई छ । न्युयोर्क प्रहरीसँग भने ती महिलाले आफ्नो विभागमा काम गरेकोबारे कुनै रेकर्ड छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com