विश्वका उत्कृष्ट सिटीहरुको सूची जारी, न्युयोर्क सिटी तेश्रोमा


प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार

अन्तर्राष्ट्रिय परामर्शदाता समूह रेजोनान्सले भर्खरै विश्वका उत्कृष्ट सिटीहरुको सूची जारी गरेको छ । जसमा यो वर्ष पनि न्युयोर्क सिटीले लगातार दोस्रो वर्ष सूचीमा तेश्रो स्थान कायम गर्न सफल भएको छ । तीनवटा मुख्य कोटीहरू जीवनयापन, मायालुपन र समृद्धिका आधारमा सूची निर्धारण गरिएको हो । हिड्ने स्कोर, आकर्षण र रात्रि जीवन, रेस्टुरेन्ट, शिक्षा, आय समानता र संस्कृति जस्ता कारकहरू पनि विचार गरिएको छ । सुचीमा १० लाख भन्दा बढी जनसंख्या भएको महानगरीय क्षेत्रका सिटीहरुलाईमात्र समावेश गरिएको छ ।

सुचीमा लण्डन पहिलो नम्बरमा परेको छ भने दोश्रो नम्बरमा पेरिस परेको छ । न्युयोर्क तेश्रो नम्बरमा परेको छ । सुचीमा चौथो नम्बरमा टोकियो परेको छ भने पाँचौंमा सिंगापुर परेको छ । छैठौमा दुबई, सातौंमा सान फ्रान्सिस्को, आठौमा बार्सिलोना, नवौंमा आम्सटर्डम र दशौंमा सिओल रहेका छन् । एघारौंमा रोम छ भने १२ औंमा प्राग परेको छ । १३ औंमा म्याड्रिड, १४ औंमा बर्लिन, १५ औंमा लस एन्जलस र १६ औंमा शिकागो परेका छन् । १७ औंमा परेको छ वासिंटन । १८ औंमा बेइजिंग र १९ औंमा स्तानबुल परेका छन् । २० नम्बर सुरक्षित गर्न सफल भएको छ डब्लिनले ।

लन्डन अझै पनि सबै विश्वव्यापी शहरहरूमा उच्च स्थानमा छ । ब्रेक्सिट, कोविड लकडाउन र आर्थिक विनाशको बावजुद यो सिटीले पहिलो स्थान सुरक्षित गरिरहेको छ । यद्यपी रानीको मृत्युदेखि, ऋषि सुनक प्रधानमन्त्री बनेपछि शान्त भएको १४ डाउनिंग स्ट्रीटमा अन्तिम शरद ऋतुको अराजक नाटक, यस वसन्तको स्थानीय चुनावमा भारी हार जस्ता कुराहरुले लन्डन आजकल विरलै शान्त छ। यो सबै कोलाहलको बाबजुत संसारको आँखा अरू कुनै पनि सिटीमा भन्दा बढी लण्डनमा नै स्थिर भएको छ । किनभने लन्डन अझै शानदार छ ।

buildings near body of water landscape photography
Photo by Mike C. Valdivia

त्यस्तै कोरोना महामारीको इपिसेन्टर बनेको न्युयोर्क सिटीपनि अझै आकर्षणमा नै छ । आप्रवासीहरुको बढ्दो भींडभाड, शरण खोज्दै आउनेहरुको बृद्धि, अपराधमा निरन्तरताका बाबजुत पनि न्युयोर्क सिटी धेरैको छनौट हुने गरेको छ । धेरैले न्युयोर्क सिटीमा आफूलाई स्वागत गरिएको अनुभव गर्छन् । नयाँ नयाँ र आकर्षक निर्माणका कामहरु भइरहेका छन् भने न्युयोर्क सिटीले आफ्नो गरिमा पनि कायम नै गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com