ह्वाइट हाउसका कर्मचारीहरूले न्युयोर्क सिटीमा एसाइलम खोज्नेलाई वर्क परमिट प्राप्त गर्न मद्दत गर्ने


प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार

न्युयोर्क सिटीका मेयर एरिक एडम्स र सिटीका अन्य नेताहरूले बिहीबार र्‍याली गर्दै एसाइलम खोज्नेहरुलाई वर्क परमिट र शिक्षामा पहुँच पाउन मद्दत गर्न संघीय सरकारलाई आह्वान गरेका छन् । त्यस अगाडि बुधबार गभर्नर क्याथी होचुलले ह्वाइट हाउसका चीफ अफ स्टाफ र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्काससँग दुई घण्टा भन्दा बढी भेटेर शरण खोज्नेहरुका सम्बन्धमा बाइडेन प्रशासनसँग जारी प्रयासहरूबारे छलफल गरेकी थिइन् । यो पहिलो चरण रहेको र संकटलाई पूर्ण रूपमा सम्बोधन गर्न पर्याप्त नभएको उनले बताइन् ।

buildings near body of water landscape photography

बिहीबारदेखि ह्वाइट हाउसले सीबीपी एप अन्तर्गत अमेरिका आउन आवेदन दिएका मानिसहरूका लागि आवेदन सूचनाहरू पठाउँदैछ। यसले वर्क परमिटका लागि पहिले ने योग्य भएका तर आवेदन नदिएका न्युयोर्कका हजारौं व्यक्तिहरूलाई पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । थप रूपमा आगामी केही हप्ताहरूमा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले म्यानहटनमा स्रोतहरू उपलब्ध गराउनेछ । ताकि हजारौं मानिसहरूले कानुनी रूपमा शरणको लागि आवेदन दिन र कानुनी रूपमा काम गर्न अनुमति दिने वर्क परमिट प्राप्त गर्न सकुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रशासनले आश्रय र सेवा कार्यक्रमको लागि कोषमा ६ सय मिलियन डलर अनुरोध पनि गरेको छ । उनीहरूले त्यो अनुरोध पूरा गर्न संसदलाई आव्हान गरिरहनेछन् ।
नयाँ शैक्षिक शत्रको सुरुवातसँगै न्युयोर्क सिटीका पब्लिक स्कूलहरूले हजारौं आप्रवासी बालबालिकाहरूलाई स्वागत गर्नेछन्। सन् २०२२ को जुलाईदेखि लगभग १९ हजार नयाँ विद्यार्थीहरू न्युयोर्क सिटीका सबै पाँच बरोहरूमा रहेका विद्यालयहरूमा भर्ना भएका छन् ।

न्युयोर्क सिटीको शिक्षा विभागले शैक्षिक शत्रका लागि १७०० द्विभाषी शिक्षक थपेको छ। न्युयोर्क सिटीमा गत हप्ता मात्रै २९०० भन्दा बढी आप्रवासीहरू आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com