१७ वर्षीय फेसन डिजाइनरले प्रेमिकासँग ब्रेकअपपछि न्युयोर्कको होटलबाट हाम फाले


प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार

१७ वर्षीय महत्वाकांक्षी फेसन डिजाइनरको रूपमा पहिचान गरिएका टिनएजरले आफ्नी प्रेमिकासँग ब्रेकअप पछि न्युयोर्क सिटीको मन्डारिन ओरिएन्टल होटेलको माथिबाट हाम फालेको प्रहरी श्रोतले पुष्टी गरेको छ । न्यु जर्सीका टिनएजर नूह लेगास्पीले आफ्नो पूर्व प्रेमिकाको घरबाट कोलम्बस सर्कलमा रहेको होटलसम्म पुग्न ट्याक्सी लिएका थिए । त्यसपछि केटीसँग फेसटाइममा कुरा गरेपछि उनले होटलबाट हाम फालेको जनाइएको छ ।

उनी होटलबाट ७५० फिट तल खसेको र घटनास्थलमा नै मृत घोषित गरिएको थियो । ब्रेकअपपछि उनले आफ्नो भावना सम्हाल्न नसकेका कारण होटलबाट हाम फालेको परिवारका सदस्यहरुले बताएका छन् । ब्रेकअप पछि उनले आफ्नो विचार र भावनालाई नियन्त्रण गर्न नसकेपछि आफैले ज्यान लिएको परिवारका सदस्यहरुको भनाई छ ।

होटेलको माथिबाट फेसटाइम कल गर्दै उनले केटीलाई माया गर्ने बताएका थिए । लगत्तै केटीले केटाको आमालाई फोन गरेर यसबारे जानकारी दिएकी थिइन् । केटीले लेगास्पी अग्लो भवनमा रहेको तर उक्त स्थान कुन हो भन्ने थाहा नभएको बताएकी थिइन् । लेगास्पीले ती केटीलाई केही महिनादेखि भेट्दै आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि लेगास्पीको परिवारले न्युजर्सीमा रहेको घर आसपासमा उनको खोजी गरेको थियो । उनी नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । उनको खोजीको लागि फेसबुक पेज समेत बनाइएको थियो । तर न्युयोर्क प्रहरीका अधिकारीहले कोलम्बस सर्कलमा हामफालेका व्यक्ति लेगास्पी रहेको पुष्टी गरेपछि उक्त पेज पनि श्रद्धाञ्जली पेजमा परिणत गरिएको छ ।

लेगास्पीले हाम फालेपछि५५ तले ड्युश बैंक सेन्टरको हिस्सा रहेको पाँच तारे होटल बाहिरको दृश्य डरलाग्दो थियो। सिसामा ठोकिएपछि उनको शरीर टुक्रा टुक्रा भएको थियो । सडकमा केहीपर एउटा हात भेटिएको थियो । उनी सर्भिस एलिभेटर प्रयोग गरेर छतमा गएको विश्वास गरिएको छ ।

पारिवारिक श्रोतका अनुशार फेसन डिजाइनर, भलिबल खेलाडी र गितार बाधक रहेका नूह लेगास्पीले मानसिक स्वास्थ्य समस्याहरूसँग संघर्ष गरेका थिए । उनी न्युयोर्क सिटीमा फेसन डिजाइन पढ्न चाहन्थे । अरू मानिसहरूलाई उज्यालो दिएपनि उनी आफैसँग भने लडिरहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com