डोल्पामा नौ जना मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार


प्रकाशित मिति : भाद्र २, २०८० शनिबार

जिल्ला प्रहरी कार्यालय डोल्पामा परिवारले उजुरी दिएपछि सो जिल्लाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरुले एक १५ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको छ । ६ महिना अघि भएको भनिएको सो बलात्कारमा संलग्न नौ जना युवाहरुमध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्लाबाट दुई जना र एक जनालाई गाउँबाट नै पक्राउ गरिएको र बाँकी आरोपीहरु फरार रहेको प्रहरीले जानकारी दिएको छ । बालिका गर्भवति रहेको प्रहरीको भनाई छ । आरोपीहरुको खोजीकार्य तदुरुकताका साथ भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले खसोखास लाई जानकारी दिनुभएको छ ।

प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले दिनुभएको जानकारी अनुसार, प्रहरीमा घटना नै ढिलो गरी आइपुग्यो जसका कारण अलि समस्या भएको हो । यद्यपी प्रहरीले यो घटनालाई गम्भिर रुपमा लिएको र अनुसन्धान कार्य जारी रहेको भट्टराईले बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com