चितवनमा एकसाथ आठ सवारीसाधन दुर्घटना, २० जना घाइते


प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार

चितवन । चितवन जिल्लाको टिकौली जंगलमा एकसाथ ८ वटा सवारीसाधन दूर्घटनामा परेका छन् । शव बोकेर  देवघाट आउँदै गरेको ना.२ च ८४४६ नम्बरको बोलेरो र गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना.१ क ६१३१ नम्बरको बस एक आपसमा ठोकिएका छन् ।

मुख्य राजमार्गमा भएको यो दुर्घटनामा क्रमशः बा.प्र.०६—००१ प ९९८१, बा.प्र.०३—००५ प ९७, ना.६२प ६०३२, बा.प्र. ०३—००१ प ४१४७ नम्बरका मोटरसाइकलहरू तथा बा.प्र. ०६—००१ प २२९४ र बा.प्र.०३—००२ प ४१९८ नम्बरका स्कुटरहरू पनि त्यहीँ ठक्कर खाएका हुन्।

यही घटनामा परी २० जना घाइते भएको र उनीहरुलाई भरतपुृरमा रहेको सरकारी अस्पताल, नयाँ र पुराना मेडिकल कलेज पुर्याइएको छ ।

घटनामा चितवन खैरहनी वडा नं. ४ का कृष्णबहादुर तामाङ, खैरहनी वडा नं. १ का जीतबहादुर तामाङ, रत्ननगर वडा नं. १४ का कुसुम बहादुर राना, सुरेश श्रेष्ठ, किशोर तामाङ, डोलबहादुर कार्की र मकवानपुर हेटौंडा वडा नं. १४ का मोहन तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसका कारण दूर्घटना भएको हो । सो बसले सात वटा सवारीसाधनलाई ठक्कर दिंदै दौडिएको पाइएको छ । शव बोकेको बोलेरो त्यसपछि मोटरसाइकल र पछि स्कूटरलाई ठक्कर दिंदा यस्तो क्षति भएको हो ।

घटनामा परेका केहीको अवस्था समान्य रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com