अमेरिकाका अध्यागमन अदालतमा २५ लाख मुद्दाको ब्याकलग, समिरसहित ३८ जना नयाँ न्यायाधिस नियुक्त


प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार

अमेरिकी अध्यागमन अदालतमा चर्को ब्याकलग कायम रहेको अवस्थामा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, इलिनोय, लुजियाना, मेरील्याण्ड, म्यासाचुसेट्स, मिशिगन, न्यूजर्सी, ओहायो, टेक्सास, यूटाह र भर्जिनियामा रहेका अध्यागमन अदालतहरूमा ३८ जना अध्यागमन न्यायाधीशहरूको नियुक्तिको घोषणा गरेको छ । महान्यायाधिवक्ता (कानून मन्त्री ) मेरिक बी गारल्याण्डले आधिकारिक रूपमा उनीहरुलाई अध्यागमन न्यायाधीशको रूपमा नियुक्त गरेका हुन् । उनीहरुले अगस्तदेखि सुनुवाई सुरु गर्ने बताइएको छ ।

नव नियुक्त अध्यागमन न्यायाधिसहरुमा समीर अहमद, एड्रियन एन आर्मस्ट्रङ, जोडी एल बारिला, एलानी जे सिन्ट्रोन, घुनिसे एल कोक्सम, बेन्जामिन डेभी, अल्बर्टो ए डी पुए, जेनिफर ए डर्किन, कार्ला आई एस्पिनोजा, जाहरा जिवानी फेनेलोन, डेभिड ए गार्डे, सिन्थिया डी गुडम्यान, जोनाथन एच हल, तान्या एल हसब्रुक, ज्याकलिन जो जोयस, जेनिफर एम केर्बी, हेदर ए लिबेउ, कायरा एस लिलियन, ब्रान्डी एम लोहर, निकोल सी लोमार्टियर, रोबर्ट के लुन्डबर्ग, मार्गरेट आर म्याकग्रेगर, किम्बर्ली चारोन म्याकब्राइड, जस्टिन आर म्याकवेन, क्रिस्टोफर डी म्याकनेरी, जेन चेस मिलर, जर्ज आर नज्जर, डगलस डी नेल्सन, तानिया टी नेमेर, मोनिका बार्बा न्यूम्यान, कोलिन ओुडोनेल, जर्ज डी पप्पास, इर्मा पेरेज, ड्यानियल आई स्मुलो, एलिजाबेथ आई ट्रेसी, एड्रियान एफ परेडेस भेलास्को, शाशा जू र जुलियाना जाच रहेका छन् ।

अहिले अमेरिकाका अध्यागमन अदालतहरुमा २५ लाख मुद्दाहरु विचाराधिन अवस्थामा रहेका छन् । विचाराधिन मुद्दाहरु गतबर्ष १९ लाख ३६ हजार रहेकोमा अहिले विचाराधिन मुद्दाको संख्या साढे ५ लाखभन्दा बढीले बृद्धि भएको छ । सबैभन्दा धेरै फ्लोरिडामा ३ लाख ८७ हजार, टेक्सासमा ३ लाख ४३ हजार, क्यालिफोर्नियामा २ लाख ८३ हजार र न्युयोर्कमा २ लाख ४८ हजार मुद्दाहरु अध्यागमन अदालतमा विचाराधिन छन् ।

अमेरिकी अध्यागमन अदालतमा नेपालीका ५७७२ मुद्दा पेन्डिङ, १७ बर्ष मुनीका १ सय

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ५७७२ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । जसमा अपराधसँग सम्बन्धित मुद्दाहरु ९ वटा रहेका छन् भने २३ वटा मुद्दाहरु अन्य श्रेणीमा रहेका छन् ।

विगत ६ महिनाको तुलनामा अदालतमा पेन्डिङ एसाइलमको संख्या बढ्दो रहेको छ । गत फेबु्रअरीमा अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ४८५४ एसाइलमका मुद्दाहरु पेन्डिङ रहेका थिए जसमा ९ वटा मुद्दाहरु अपराधसँग सम्बन्धित थिए ।

अहिले अध्यागमन अदालतमा सबैभन्दा धेरै नेपालीका मुद्दाहरु न्युयोर्कको अदालतमा पेन्डिङ रहेका छन् । न्युयोर्कको अदालतमा पेन्डिङ मुद्दाको संख्या २१६६ रहेको छ । सान फ्रान्सिस्कोको अदालतमा ११८१ र सान एन्टोनियोको अदालतमा १०६९ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् ।

न्युयोर्कको अदालतमा पेन्डिङ २१६६ मध्ये ४५९ इन्डिभिजुअल हेयरिङ तोकिएकाहरु छन् भने ४१६ मास्टर हेयरिङ तोकिएकाहरु छन् । १२९१ मुद्दालाई अज्ञात श्रेणीमा राखिएको छ । सान फ्रान्सिस्कोको अदालतमा पेन्डिङ मुद्दामा ५९८ इन्डिभिजुअल हेयरिङ र ४८१ मास्टर हेयरिङ तोकिएकाहरु छन् । १०२ मुद्दालाई अज्ञात श्रेणीमा राखिएको छ । अमेरिकाभरभने अहिले पेन्डिङ मुद्दामा २५४२ मास्टर हेयरिङ र १५८४ इन्डिभिजुअल हेयरिङ तोकिएकाहरु छन् । अरु १६४६ अज्ञात श्रेणीमा राखिएको छ ।

मुद्दा पेन्डिङ रहेका ५७७२ जनामध्ये ५ हजार २० ले आफ्नो भाषा नेपाली भएको बताएका छन् भने ५३२ ले अँग्रेजी भएको बताएका छन् । ८० जनाले स्पानिस, ५६ जनाले तिब्बती, २७ जनाले हिन्दी, २६ जनाले नेपाली सांकेतिक भाषा, २ जनाले बंगाली, २ जनाले पन्जाबी, २ जनाले फ्रेन्च, २ जनाले खाम र एकजनाले शेर्पा भाषा आफ्नो भाषा रहेको बताएका छन् ।

मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा १६३१ जना २५ देखि ३४ बर्षका र १ हजार ८६ जना १८ देखि २४ बर्षको बीचका रहेका छन् । ३३ देखि ४४ बर्षको बीचका ७५८ जना रहेका छन् । ४५ देखि ५९ बर्षका ११० जना र ६० बर्षमाथिका १८ जना रहेका छन् । २ हजार ६९ जनाको उमेर खुलाइएको छैन । मुद्दा पेन्डिङ हुनेमा ४ बर्षभन्दा कम उमेरका नेपालीहरु समेत रहेका छन् । ४ बर्षभन्दा कम उमेरका २७ जना, ५ देखि ११ बर्षसम्मका १४ जना र १२ देखि १७ बर्षसम्मका ५९ जना रहेका छन् ।

मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा ३४०२ जना पुरुषहरु र ३७० जना महिलाहरु रहेका छन् । २ हजार जनाको लिंग खुलाइएको छैन । मुद्दा पेन्डिङ रहेकामध्ये ४२ सय जनाको वकिलले प्रतिनिधित्व गरेका छन् भने १५७२ जनाको कसैले पनि प्रतिनिधित्व गरेका छैनन् । मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा ३८०३ जनालाई कहिले पनि हिराशतमा लिइएको थिएन भने १९४५ जनालाई हिराशतमा लिएर पछि रिहा गरिएको थियो । २४ जना अहिलेपनि अध्यागमन हिराशतमा छन् ।

woman in gold dress holding sword figurine

पेन्डिङ मुद्दाहरु औषतमा २६ महिनादेखि पेन्डिङ रहेकाहरु छन् । तर राज्य र अदालतको दर भने फरक फरक छ । उदाहरणका लागि मिसिगनमा मुद्दाहरु औषतमा ५ बर्षदेखि पेन्डिङ छन् त्यसमा पनि केही मुद्दाहरु ७ बर्षदेखि पेन्डिङ छन् । नर्दन मारियाना आइल्याण्डमा मुद्दाहरु औषतमा साढे ४ बर्षदेखि पेन्डिङ छन् भने मिनेसोटामा औषतमा इन्डिभिजुअल हेयरिङका मुद्दाहरु १० बर्षदेखि पेन्डिङ छन् । मासाचुसेट्समा साढे ५ बर्षदेखि, न्युयोर्कमा साढे ४ बर्षदेखि र अन्य प्राय राज्यमा औषतमा ४ बर्षदेखि पेन्डिङ छन् । यो औषतमात्र हो, जसमा कुनै कुनै मुद्दाहरु १० बर्षभन्दा लामो समयदेखि र कुनै कुनै पनि केहीदिनदेखिमात्र पेन्डिङमा समेत छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com