दिल्ली उड्न लागेको एयर इण्डियाको जाहाज धावनमार्गमै अड्किएपछि…


प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार

काठमाडौं । राजधानी काठमाडौंबाट दिल्ली उडान भर्न लागेको एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमै बिग्रिएर रोकिएपछि करीव १ घण्टा कुनै पनि बिमान उडान र अवतरण हुने सकेन ।

एयर इन्डियाको उडान नम्बर २१६ को जाहाजको ह्वील लक भएपछि सो जहाज धावनमार्गमै अड्किएको हो । जहाज धावनमार्गमा विग्रिएपछि करीव १ घण्टा त्रिभुवन विमानस्थलमा कुनै पनि जाहाजले उडान भर्न र अवतरण गर्न पाएनन् ।

पछि जाहाजलाई तानेर पार्किङ तर्फ ल्याई धावनमार्ग खुला गरिएको त्रिभुवन विमानस्थल काठमाडौंले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com