ट्वीटरको लोगो परिवर्तन, अब चराको साटो एक्स


प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै लोगो परिवर्तन गरिएको हो । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् ।

आइतवारको बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर किनेदेखि यो पछिल्लो ठूलो परिवर्तन हुनेछ । वेवसाइटमा एक्स डटकम टाइप गर्दा अब ट्वीटर डटकम खुल्छ ।

यस महिनाको सुरुमा टेस्ला सीईओ समेत रहेका अर्बपति मस्कले ट्वीटरमा नयाँ प्रतिबन्धहरुको घोषणा गरेका थिए । गत मे महिनामा मस्कले लामो समयदेखि एनबीसी युनिभर्सलमा कार्यकारी रहेकी लिन्डा याकारिनोलाई ट्विटरको सीईओको रूपमा नियुक्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

elon musk, twitter, owner

ट्विटरको लोगोलाई एक्समा परिवर्तन गर्ने मस्कको कदम ट्विटरले मेटाको नयाँ एप थ्रेड्ससँग नयाँ प्रतिस्पर्धाको सामना गरिरहेको बेलामा आएको हो । थ्रेड्सलाई ट्विटरको विकल्पको रूपमा हेरिएको छ। सुरुवातको पहिलो पाँच दिनमा नै १ सय मिलियन मानिसहरूले थ्रेड्सका लागि साइन अप गरेका थिए

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com