अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौँमा


प्रकाशित मिति : असार २९, २०८० शुक्रबार

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू आज काठमाडौं आइपुग्नुभएको छ । विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया मामिला हेर्ने उहाँ दक्षिण यसियाली देशहरुको भ्रमणको क्रममा नेपाल आइपुग्नुभएको हो ।

सहायक मन्त्री लू ले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउदलगायतका सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटमा अन्य कुनै विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुख प्रकट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आज साँझ ६ बजे लूले प्रधानमन्त्रीलाई बालुवाटारमै भेट्ने कार्यक्रम तय भएको छ ।

भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका लू नेपालको एक दिवसिय भ्रमणमा आज काठमाडौं आइपुग्नुभएको हो । यससंगै लूले नेपाल भ्रमण गरेको यो तेस्रो पटक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com