शरण नीतिमा परिवर्तनपछि अमेरिकाको दक्षिणी सीमा ‘अत्यन्त शान्त’, विना भिसा छिर्न खोज्ने घटे


प्रकाशित मिति : असार २७, २०८० बुधबार

Texas state troopers watch as migrants cross the Rio Grande near the site where large buoys to be used as a border barrier are being deployed near Eagle Pass, Texas, Monday, July 10, 2023. Advocates have raised concern that the barriers may have an adverse environmental impact. (AP Photo/Eric Gay)

पछिल्लो विहानमा टेक्सास क्षेत्रको अमेरिका मेक्सिकोको सीमा पुलमा अमेरिकामा शरण खोज्ने लगभग १ सय जना सीबीपीको मोबाइल एपमा अप्वाइन्टमेन्टका साथ अमेरिका तर्फको रिसेप्शन हलमा तयारी अवस्थामा थिए । त्यसको तीस माईल उत्तरमा बाइडेन प्रशासनले गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने प्रयास गर्नेहरूका लागि फरक स्वागत प्रदान गरेको थियो । देशनिकालाको सामना गरिरहेका आप्रवासीहरूको लागि ठूलो पाल टाँगिएको थियो । ३ लाख ६० हजार स्क्वायर फुटको नयाँ सुविधाको शेल्फहरूमा डायपर, खाजा र बच्चाको खाना भण्डार गरिएको थियो ।

यी दुई स्थानमा भइरहेका गतिविधिले बाइडेन प्रशासनका अधिकारीहरूले मे ११ देखि दक्षिणी सीमामा शरण खोज्नेहरु र विना भिसा आउने आप्रवासीहरूलाई प्रशोधन गर्ने तरिकालाई रूपान्तरण गर्न थालेको चित्रण गरेको छ । ह्वाइट हाउसले टाइटल ४२ भनेर चिनिने महामारीकालिन नीति हटाएपछि नयाँ नीति लागु गरेको हो । नयाँ नीति अन्तरगत बाइडेन प्रशासनले मोबाइल एप सीबीपी वान मार्फत हरेक महिना हजारौं आप्रवासीहरूलाई कानूनी रूपमा अमेरिका प्रवेश गर्न अनुमति दिइरहेको छ । तर नियमहरू पालना नगर्नेहरूले भने तीब्र गतिको देशनिकाला र कडा सजायको सामना गर्नुपर्नेछ।

नयाँ नीति लागु भइसकेपछिको प्रारम्भिक नतिजा अनुशार मेको सुरुदेखि नै गैर कानुनीरुपमा अमेरिका प्रवेश गर्ने क्रम लगभग ७० प्रतिशत गिरावट आएको छ । गैर कानुनी रुपमा विना भिसा सिमा पार गर्ने दुई वर्षको रेकर्ड नम्बर र संकट निम्त्याउने तनाव पछि बाइडेन प्रशासनले दक्षिणी सीमामा राम्रो नियन्त्रण कायम गरेको देखिएको छ । राष्ट्रपतिका आलोचकहरूले उनको सीमा नीतिहरूको विरोध गर्न जारी राखेका छन् । तर गैर कानुनी रुपमा सिमा पार गर्ने संख्यामा आएको गिरावटले राष्ट्रपति बाइडेनका रिपब्लिकन आलोचकहरूको आक्रमणको मुख्य लाइनलाई कमजोर बनाएको छ ।

आप्रवासीहरू मेक्सिकोबाट अमेरिका पुगेपछि रियो ग्रान्डको पानीमा आफूलाई चिसो बनाउँदै । जहाँ राज्यले इगल पास, टेक्सास नजिकै रियो ग्रान्डे छेउमा सीमा अवरोधको रूपमा प्रयोग गर्न ठूला बोयहरू स्थापना गरिरहेको छ। कभर तस्वीरमा टेक्सास राज्यका सैनिकहरू आप्रवासीहरूले रियो ग्रान्डे पार गरेको साइट नजिकै हेर्दै । (एपी फोटो/ एरिक गे)

नयाँ दृष्टिकोणले दिगो प्रभावहरू हासिल गर्न सक्छ कि सक्दैन भनेर भन्न धेरै चाँडो रहेको प्रशासन अधिकारीहरूले स्वीकार गरेका छन् । रिपब्लिकन राज्यका अधिकारीहरूले सीबीपी वन मार्फत कानुनी प्रविष्टिहरू विस्तार गर्ने बाइडेनको नीतिहरूलाई रोक्न संघीय अदालतमा मुद्दा हालिरहेका छन्। आप्रवासी अधिकारकर्मीहरुले गैरकानूनी रूपमा पार गर्ने आप्रवासीहरुमासथ बाइडेनको नयाँ सीमा प्रतिबन्धविरुद्ध संघीय अदालतमा मुद्दाहरु दायर गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवैध रुपमा गैरकानुनी सिमा पार गर्ने संख्यामा हालै आएको गिरावटको मतलब आधाभन्दा कम आप्रवासीहरू अमेरिका आउँदैछन् भन्ने होइन। राष्ट्रपति बाइडेनले प्रति महिना लगभग ४३ हजार आप्रवासी र शरणार्थीहरूलाई सीबीपी वानको अपोइन्टमेन्टहरू मार्फत प्रवेश गर्न र थप ३० हजारलाई परोल भनिने प्रक्रिया मार्फत स्वीकार गर्न अनुमति दिएका छन् । नयाँ कानुनी बाटोहरुले विनाभिसा समुहमा सिमा पार गर्नेहरुलाई नियन्त्रण गरेको देखिन्छ ।

अमेरिकी एजेन्टहरूले जुनमा मेक्सिकोको सिमानामा लगभग एकलाख जनालाई गिरफ्तार गरेका छन् । बाइडेनको नयाँ नियम लागु भएको यो पूर्ण महिना हो । मे मा २ लाख ४ हजार ५ सय ६१ जनलाई गिरफ्तार गरिएको थियो । बाइडेनले पदभार ग्रहण गरेपछि यो सबैभन्दा ठूलो मासिक गिरावट हो। गर्ने एल पासोको डायोसेसन माइग्रेन्ट एण्ड रिफ्युजी सेवाका कानुनी निर्देशक इमेल्डा मेनार्डले सहरमा विगतका केही हप्ताहरू अत्यन्त शान्त भएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com