‘नेपालको कानुन दैवले जानून्’


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

श्रावण ३०, २०७४

वास्तविकतामा पनि आज यस्तै भयो । चूणामणि शर्मा जो अर्बौंको भ्रष्टाचारको काण्डमा मुछिएका व्यक्ति जसलाई सर्वोच्च अदालतले साधारण तारेखमा छाडेको घटनाले यतिबेला आम जनमानसलाई आश्चर्यमा पारेको छ । सहर होस् या गाउँका हरेक चोक र गल्लीहरूमा यही कुराको बहस छ ।

हुन त कानुनभन्दा माथि कोही छैन । कुनै पनि देशको नागरिकले त्यस देशको संविधानलाई मानेपछि कानुन मान्दिन र सर्वोच्च अदालतजस्तो प्रतिष्ठित र ठूलो न्यायालयको आदेश नमान्ने कुरा त हुन्न, तर कहिलेकाहीं जब जनताले सोचेभन्दा फरक फैसला हुन्छ, तब कतै हाम्रो कानुन गाडीको स्ट्रेरिङजस्तो जता मन लाग्यो, त्यता मोड्न मिल्ने त हैन भन्ने शङ्काचाहिँ उत्पन्न गराएको छ । अहिले आम जनमानसमा के चूणामणिले भ्रष्टाचार गरेकै हैनन् त भन्ने परेको छ । यदि भ्रष्टाचार गरेको हो भने किन हाम्रो कानुनले साधारण तारेखमा छाडेको ? भन्ने कौतुहलता बढेको छ ।

उनको सम्पत्ति विवरणदेखि हरेक कुरा सुन्दा–बुझ्दा लाग्छ, उनी इमानदार छैनन् । उनी इमानदार नरहेको पुष्टि हुँदाहुँदै उनलाई यस्तो उन्मुक्ति दिनु हाम्रो कानुनको कमजोरी नभएर के त ?
– सन्तोष सिम्खडा
भीमसेन गाउँपालिका–२, गोर्खा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com