सरकारको नीति तथा कार्यक्रम पारित


प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार

 

मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज शुक्रवार बसेको बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com