परिवर्तन र न्यायका लागि महिला पत्रकारहरूको साइकल यात्रा


प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार

महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ । यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो ।

पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन् ।

पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरिएको बताउनुभयो । साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, अग्रज पत्रकार टिटिक्सुले सामाजिक रुपान्तरणसँगै सडकमा जनपहुँच, साइकलबारे जनचेतना सहितको सन्देश प्रवाहका लागि आफू चितवनबाट यात्रामा जोडिएको उल्लेख गर्नुभयो । उमेरले पाँच दशक पार गरिसक्नुभएकी उहाँले लिङ्ग र उमेरले यात्रालाई अवरोध नगर्नेसमेत सन्देश दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com