कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु,११ जना अचेत


प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार

पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । अनुसन्धान जारी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com