सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय


प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय जतिसक्दो चाँडो टुङ्ग्याउने, कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

मन्त्री ज्वालाले भन्नुभयो, “आजको क्याबिनेटमा काठमाडौँ–तराई मधेस फाष्ट ट्रयाकको सन्दर्भमा जग्गा प्राप्तिको विषयमा केही दिन अगाडि गठन गरिएको उच्चस्तरीय समितिले काम अगाडि बढाएको छ र छिट्टै जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भएको छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com